site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाले ‘जसले मुख्यमन्त्री दिन्छ, उसैसँग सहकार्य’ भन्दा रामचन्द्रको प्रतिवाद 
Sarbottam CementSarbottam Cement

काटमाडौं । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश नम्बर–१ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

ओली समूहविरुद्ध आक्रोशित प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गराए पनि प्रदेशमा विभाजित संख्याका आधारमा नेकपाको कुनै पनि समूहले सरकार बनाउने अवस्था छैन । दुवै प्रदेशमा जुनसुकै समूहलाई पनि सरकार बनाउन कांग्रेसको सहयोग अनिवार्य छ । तर, यस्तो निर्णयक भूमिकामा पुगेको कांग्रेस भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थाल्ने वा दुईमध्ये कुन समूहलाई सहयोग गर्ने भन्ने निर्णयमा पुगेको छैन ।

सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल निवास पुगेर गत सोमबार नै कता समर्थन गर्ने भन्ने निर्णयको अधिकार प्रदेशको संसदीय दललाई दिन प्रस्ताव गरेका थिए । तर, पौडेलले ठाडै अस्वीकार गर्दै पार्टीको प्रदेश संरचना तयार नभएको भन्दै नीतिगत निर्णय केन्द्रबाटै गर्नुपर्ने बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जारी केन्द्रीय समिति बैठकबाटै निर्णय गर्नुपर्ने बताएपछि देउवाले यही माघ ६ गतेका लागि बोलाइएको बैठक नै सारेर यही माघ १३ का लागि बैठक डाकेका छन् । तर, उनले सम्बन्धित प्रदेशमा स्थायी ठेगाना भएर केन्द्रीय समितिमा रहेका केन्द्रीय सदस्य तथा नेताहरुलाई डाकेर निवासमै छलफल गरेका छन् ।

गएको बुधबार प्रदेश–१ का विषयमा गरेको छलफलमा कुनै सहमति हुन सकेको थिए । देउवा प्रदेश–१ मा अहिले मुख्यमन्त्री रहेका शेरधन राईसँगै मिलेर सरकार बनाउने पक्षमा देखिएपछि उनकै समूहका सदस्यले प्रतिवाद गरेका थिए । देउवानिकट केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समतिका प्रमुख भीष्मराज आङ्देम्बेले नजिकै केपी शर्मा ओलीविरुद्ध विरोध प्रदर्शन गर्ने र अलिक पर पुगेर उनकै समूहलाई समर्थन गर्ने कुरा सुहाउँदो नहुने बताएका थिए । त्यसपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

Global Ime bank

देउवाले आज वरिष्ठ नेता रामचन्द्र पौडेलसहित वाग्मती प्रदेशभित्र स्थायी ठेगाना भएका केन्द्रीय सदस्यहरुलाई ठाकेर छलफल गरेका थिए । छलफलमा कसलाई समर्थन गर्ने भन्ने विषयको अन्योल हटाउन देउवाले जसले मुख्यमन्त्री दिन्छ, उसैसँग सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।

“सभापतिजीले बैठकमा जसले मुख्यमन्त्री दिन्छ, प्रदेशमा उसैसँग सहकार्य गर्नुपर्छ भनेपछि वरिष्ठ नेता पौडेलले प्रतिवाद गर्नुभएको छ,” छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, “त्यसो भनेपछि सभापतिजीले अब प्रदेश संसदीय दलले आफ्नो तयारी गरोस्, त्यसपछि बसौँला भन्दै बैठक नै स्थगित गर्नुभयो ।”

छलफलमा सहभागी सहमहामन्त्री डा. प्रकाशशरण महतले भने आज सामान्य छलफल भएको भन्दै कुनै निर्णयमा नपुगेको जानकारी दिए ।

“सभापतिजीले वरिष्ठ नेतासहित वाग्मती प्रदेशभित्रका पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल राख्नुभएको थियो,” सहमहामन्त्री डा. महतले भने, “आज सामान्य छलफल भएको छ । जब प्रदेशमा मतदानको समय तोकिन्छ, त्यसअघि निर्णयमा पुग्ने समझदारी भएको छ ।” उनले आजको छलफलमा नेताहरुबीचमा अनौपचारिक कुराकानी मात्र भएको भन्दै औपचारिक निर्णयका लागि अर्को बैठक बस्ने बताए ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोसीले भने पौडेसहित आफूहरुको ओलीविरुद्ध सडक आन्दोलन जारी रहेको भन्दै उनकै समूहसँगको सहकार्य राजनीतिक र नैतिक नहुने बताए ।

जोसीले भने, “हामी प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध सडकमा आन्दोलनमा छौँ । आन्दोलन जारी राखेर त्यही समूहहसँग सहकार्य हुँदैन भनेर हामीले प्रस्टसँग भनेका छौँ ।”

उनले प्रदेशमा सम्मानजनक सहभागिताका लागि कुरा हुनु स्वाभाविक भए पनि ओलीविरुद्ध आन्दोलन गरेर उसैसँगको सहकार्य भने उपयुक्त नहुने बताए ।

कांग्रेसले अब प्रदेशको संसदीय दलका नेता तथा पदाधिकारीसहित राखेर निर्णय गर्ने तयारी गरेको छ ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC