site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विवेकको अर्धशतमा वाग्मतीलाई प्रतिस्पर्धात्मक लक्ष्य 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ ।  काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको हो । 
प्रदेश २ का लागि विवेक यादवले अर्धशतकीय पारी खेले । ७४ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाए । 

त्यस्तै कुमार थापाले २२ रन बनाउँदा राहुल प्रताव सिंहले १८ रनको योगदान गरे ।  बलिङतर्फ वाग्मती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन ओभर सहित २९ रन खर्चे ।  त्यस्तै रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । वाग्मती प्रदेश लगातार तेस्रो जित निकाल्दै आफूलाई सेमिफाइनल नजिक पुर्‍याउने योजनामा हुनेछ ।  यता प्रदेश दुई पहिलो जितको खोजिमा छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC