विदेश
काठमाडौं । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ । कोभिड-१९ विरुद्धको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो ।
कम्पनीको मञ्जरी भवनबाट आगलागी सुरु भएको थियो । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीमा अहिले आधा दर्जन दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।
भवनमा रहेका चारमध्ये तीनजनाको उद्धार भइसकेको छ भने एकजनाको उद्धार कार्य जारी छ । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ १७:१२
प्रतिक्रिया दिनुहोस्