site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सावित्राको ह्याट्रिकमा एपीएफको सहज जित
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टोली एपीएफले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनीता बस्नेत, अञ्‍जलीकुमारी योन्जन र प्रिती राईले एक-एक गोल गर्न सफल भए । एपीएफले खेलको १४औं मिनेटमा अग्रता लिन सफल भएको हो ।

Agni Group

सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । २२औं मिनेटमा गोल गर्दै अञ्जलीले एपीएफको अग्रता दोब्बर पारिन् । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा चार गोल गर्न सफल भयो । 

६२औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाइन् । ६४औं मिनेटमा कप्तान अनीता बस्नेतले टिमका लागि चौथो गोल गर्न सफल भएकी थिइन् ।

Global Ime bank

खेलको ७२औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा एपीएफ ५-० को अग्रता लियो । ८९औं मिनेटमा प्रिती राईले गोल गर्दै टिमलाई ६-० को जित दिलाइन् । जितसँगै एपीएफले लिगमा ३ अंक जोडेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC