site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ह्वाटमोर भन्छन्- नेपाली समर्थकलाई निराश बनाउने छैन
Ghorahi CementGhorahi Cement

काठमाडौं । “नेपाल आउँदा धेरै खुसी लागेको छ । नेपाली खेलाडीलाई मैले लामो समयदेखि नियालिरहेको छु । नेपाललाई ठूलो सफलता दिलाउँछु भन्न सक्दैनँ तर, नेपाली समर्थकलाई निराश बनाउँदैन,” डेभ ह्वाट्मोरले बिहीबार आयोजना भएको पत्रकार सम्मेलनमा हसिलो मुहारसँगै भने ।

नेपाली क्रिकेटको मुख्य बागडोर सम्हाल्न आएका उनले नेपालमा आएपछि टिमलाई सफलतातर्फ लिने आफ्नो मुख्य योजना भएको बताए । गत पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाट्मोर बिहीबारबाट अफिसियल रुपमा नेपाली टोलीको मुख्य प्रशिक्षका रुपमा नियुक्त भएका छन् ।

Agni Group

लामो समय विश्व क्रिकेटमा राज गरेका मुख्य प्रशिक्षक ह्वाट्मोरले श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि पनि दिलाएका थिए । नेपाली क्रिकेटको आवश्यकता नियालेर आफ्नो अनुभव अब नेपाली क्रिकेटमा लगानी गर्ने बताए ।

नेपाली क्रिकेटलाई योभन्दा पहिले नियाल्नु भएको थियो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, “नेपाली क्रिकेट मैले लामो समयदेखि नियालिरहेको थिएँ । नेपाल मैले एक साता बिताएको पनि थिएँ । उक्त समयमा नेपाली टिमको राम्रो भविष्य भएको मेरो अनुभव थियो । उक्त समयदेखि नै नेपाली क्रिकेट मेरो नजरमा छ ।” 

Global Ime bank

नेपालले पाएको एकदिवसीय क्रिकेटको मान्यतालाई कायम राख्ने आफ्नो मुख्य योजना रहेको ह्वाट्मोरले बताएका छन् । उनले नेपालको एकदिवसीय तथा टी-ट्वान्टी वरीयतामा पनि सुधार ल्याउने बताए । उनले नेपाली क्रिकेटमा समर्थकहरु धेरै भएको हुँदा उनीहरुको पनि आफूप्रति धेरै विश्वास भएकाले उनीहरुलाई निराश नबनाउने उनको भनाइ छ ।

अस्ट्रेलियन प्रशिक्षक ह्वाटमोरले अस्ट्रेलियाबाट ७ टेस्ट, एउटा एकदिवसीय, लिस्ट ‘ए’का २६, फस्ट क्लासका १०८ म्याच खेलेका छन् । ह्वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए । उनले श्रीलंका, पाकिस्तानजस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC