site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पवनको कीर्तिमान र सुनीलको शतकमा लुम्बिनीलाई बलियो लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पवन सरार्फको कीर्तिमानी अर्धशतकमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३११ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुलिसका लागि सुनील धमलाले शतकीय पारी खेले । १४५ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा १०४ रन बनाएका हुन् ।

त्यस्तै, लुम्बिनीविरुद्धको खेलमा १३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५० रन पूरा गरेका पवनले कीर्तिमान बनाएका हुन् । योसँगै पवन घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने पवन एक्लो खेलाडी बनेका छन् ।

Global Ime bank

त्यस्तै, ६१ बल खेलेका दीपेन्द्रसिंह ऐरीले ६ छक्काको सहयोगमा १ चौका प्रहार गर्दै ८५ रन बनाए । पुलिसका लागि अमित श्रेष्ठले २८ रन बनाउँदा आरिफ शेखले २९ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका लागि अनिल खरेल, दीपेन्द्र रावत, सौरव कँडेल र कृष्ण कार्कीले समान एक/एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC