site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पहिलो दिनदेखि नै ट्रम्पका नीतिहरु उल्ट्याउँदैछन् बाइडेन 
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो दिन, शपथ लिएको केही घण्टापछि नै डोनाल्ड ट्रम्पका केही प्रमुख नीतिहरु उल्ट्याउन सुरु गरेका छन् । ह्वाइटहाउसतर्फ प्रस्थान गर्दैगर्दा उनले भनेका हुन्, “यस्तो संकटका बेलामा हामीसँग समय खेर फाल्ने अवस्था छैन ।” 

यसमा बाइडेनले ट्रम्प प्रशासनका ठुल्ठुला क्षतिहरुप्रति मात्र कदम नउठाएर देशलाई अघि बढ्नमा पनि मद्दत गर्ने बताएका हुन् । 

अमेरिकामा कोरोनाका कारण हालसम्म ४ लाख मानिसको मृत्यु भइसकेको छ । यस्तोमा बाइडेनले बुधबारदेखि नै कोरोना महामारीको प्रतिक्रिया बढाउन १५ नयाँ आधिकारिक निर्देशन जारी गरेका हुन् । त्यस्तै अन्य आदेशहरुमा चाहिँ ट्रम्प प्रशासनले जारी गरेका जलवायु परिवर्तन अनि आप्रवासन सम्बन्धी विषयहरु रहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार उनले अमेरिकाका ४६ औँ राष्ट्रपतिको पद ग्रहण गरेका हुन् । कोरोना भाइरस सम्बन्धी नियमहरुका कारण यसपटकको शपथ कार्यक्रम इतिहासमै कहिल्यै नदेखिएको किसिमले सम्पन्न गरिएको बताइएको छ । 

डोनाल्ड ट्रम्प भने समारोह अगाडि नै फ्लोरिडास्थित आफ्नो गल्फ रिसोर्टका लागि बाहिरिसकेका थिए । 

Global Ime bank

शपथ लिनासाथै बाइडेनले ‘प्रजातन्त्रको जित भयो’ भनेर उल्लेख गरेका हुन् । त्यसपछि उनले यसअघिको प्रशासनले निम्त्याएका संकटहरु परास्त गरि अमेरिकालाई फेरि एकीकृत गर्ने संकल्प लिएका हुन् । 

उनले आफूलाई मत नदिनेहरु सहित ‘सम्पूर्ण अमेरिकी’ हरुका लागि आफू कुशल राष्ट्रपति बन्ने समेत वचन दिएका हुन् । 

शपथ ग्रहण कार्यक्रममा तीनजना पूर्वराष्ट्रपतिहरु उपस्थित भएका थिए ः बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुस अनि ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स । 

बाइडेन भन्दा अगाडि कमला ह्यारिसले उपराष्ट्रपति पदका लागि शपथ ग्रहण गरेकी हुन् र पहिलो अश्वेत, एसियन–अमेरिकन महिल उपराष्ट्रपतिका रुपमा आफ्नो भूमिका निर्वाह गर्ने भएकी छन्  । 

समारोहको सुरक्षा व्यवस्था अत्यन्तै कडा थियो । राष्ट्रपति जो बाइडेन, प्रथम महिला जिल बाइडेनसँग आएका थिए भने ह्यारिसका पति सँगै उपस्थित भइ सबै एकसाथ ह्वाइटहाउस प्रवेश गरेका हुन् । 

शपथ ग्रहण कार्यक्रममा चर्चित हलिउड सेलिब्रेटीहरु पनि देखा परेका हुन् । जसमा लेडी गागा, जेनिफर लोपेज अनि गार्थ ब्रुक्सले राष्ट्रिय गान गाएका थिए । 

त्यस्तै लिन्कन मेमोरियलको कन्सर्टलाई चाहिँ अभिनेता टम ह्यांक्सले सञ्चालन गरेका हुन् जसमा ब्रुस स्प्रिङटन, गायक जोन लेजेन्ड, जस्टिन टिम्बरलेक डेमी लोभाटो आदिको प्रस्तुति रहेको थियो । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC