site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलमा मेडिकल किटको आवश्यकता कति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कारोना भाइरको महामारीले केही कम रुप लिएसँगै विश्व खेलकुद क्रियाकलापहरू पुनः नियमित हुने मौका पाएका छन् । त्यसैअनुसार नेपालमा खेलकुद प्रतियोगिताहरू अलिअलि भए पनि सञ्चालनमा आउन थालेका छन् ।

नेपाली क्रिकेटसँगै फुटबलको पनि सुरुवात भएको छ । जिल्ला स्तरमा पनि धेरै खेलकुद क्रियाकलाप सञ्चालनमा आइरहेका छन् । कोरोनाका कारण फिट्नेसमा केही कमजोर बनेका खेलाडीहरू एकैपटक मैदान छिर्दा उनीहरूको स्वास्थ्यमा केही समस्या देखिनु सामान्य हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो अवस्थामा खेलाडीहरूका लागि टिमले उपयुक्त मेडिकल सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ । जसल गर्दा खेलाडीको स्वास्थ्यमा केही समस्या आइहाले पनि तुरुन्तै स्वास्थ्य सामग्रीले केही राहत मिलोस् । तर, बुधबारबाट सुरु भएको राष्ट्रिय महिला लिगमा एक चित्र फरक देखियो । कोरोनाका कारण लामो समयपछि मैदान छिरेका खेलाडीहरूमा केही फिटनेसको कमी देखिन्थ्यो । विभागीय टोली त्रिभुवन आर्मी क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल चलिरहेको थियो ।

त्यसमा नेपाल पुलिस क्लबका खेलाडी दुईपटक मैदानमा लडे । मैदानमा भएका रेफ्रीले उनीहरूका लागि फिजियोलाई बोलाए । नेपाल पुलिस क्लबकी फिजियो एउटा ‘मुभ’ लिएर खेलाडीसम्म पुगिन् । पहिलोपटक मुभ लिएर खेलाडीसम्म पुगेकी उनी अर्कोपटक मैदानको राखेपतर्फको लाइनमा घाइते भएर पुग्दा पनि उनी एउटा मुभ बोकेर दौडिन् । खेलाडी अशक्त भएर मेडिकल सामग्रीको लागि पर्खिरहेको अवस्थामा विभागीय टोलीसँग भने खासै सामग्री थिएन ।

Global Ime bank

मेडिकल भाषामा भन्नु पर्दा खेलको समयमा टिमको फिजियोले सम्पूर्ण मेडिकल सामग्रीसहित तयारी हुन आवश्यक छ । जस्तै फर्स्ट एडदेखि लिएर जुनसुकै अवस्थामा फिजियोले तयारी हुन आवश्यक छ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फिजियो आविष्कार पुडासैनी पनि खेलको समयमा खेलाडीको स्वास्थ्यमा जुनसुकै अवस्था आउने भएकाले फिजियो आवश्यक मेडिकल सामग्रीसहित रहनुपर्ने बताउँछन् ।

No description available.

“खेलको समयमा खेलाडीको स्वास्थ्यमा जुनसुकै अवस्था पनि आउन सक्छ । त्यसका लागि टिमको फिजियो तयारी अवस्थामा रहनुपर्छ । फर्स्ट एडदेखि लिएर जस्तोसुकै जटिल अवस्था पनि आउन सक्छ खेलमा । त्यसैले मेडिकल किटको आवश्यक महत्त्वपूर्ण छ,” फिजियो पुडासैनीले बाह्रखरीसँगको कुराकानीमा भने ।

यता नेपाल पुलिस क्लबका टिम म्यानेजर भरत शाहले क्लबभित्र स्टाफहरूको सरुवा हुने अवस्था भएकाले नयाँ फिजियो आउँदा खेलबारे जानकारी नभएकाले मेडिकल किट नबोकेर गएको बताए । “पुलिस टिममा फिजियो नयाँ आएकी हुन् । उनलाई खेलको विषयमा धेरै ज्ञान छैन । उनले मेडिकल टिक ल्याए पनि प्रयोगमा भने आएन । आगामी खेलमा हामी यस्तो गल्ती दोहोर्‍याउने छैनौं,” शाहले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC