site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फर्कंदै छ सहज स्थिति, आयातको तथ्यांक भन्छ- बौरिँदै छ अर्थतन्त्र !
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिडको थलिएको अर्थतन्त्र पुरानै अवस्थामा फर्कने प्रयत्न गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भएको आयात अघिल्लो आवको यही अवधिको तुलनामा करिब बराबर हुन खोज्नु स्थानीय माग बढेको बुझ्न सकिन्छ ।

पुस महिनामा पेट्रोलियम पदार्थ, कपडा, मोबाइल फोन, कच्चा फलामलगायत निर्माण सामग्री आदिको आयात बढ्दा एकै महिनामा हालसम्मकै उच्च आयात भएको तथ्यांकमा देखिन्छ । पुसमा मात्रै एक खर्ब ३५ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो आयात रकम अघिल्लो वर्षको पुससम्म भएको आयातभन्दा २२ अर्ब रुपैयाँ बढी हो ।

हिउँदा लाग्दै गर्दा विकास निर्माणमा प्रयोग हुने सामग्रीको आयात बढ्ने गर्छ । गत वर्ष मंसिरमा एक खर्ब ३० अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यो वर्ष मंसिरमा १ खर्ब २३ अर्बको वस्तु आयात भएको थियो । चालु आवमा महिना बित्दै जाँदा आयात क्रमशः बढिरहेको तथ्यांकमा देख्न सकिन्छ । कोभिड प्रभाव विस्तारै कम हुँदै जाँदा नेपालको आयातमुखी अर्थतन्त्र विस्तारै चलायमान हुँदै गएको हो ।

Agni Group

भन्सार विभागको तथ्यांकअनुसार साउनमा ८६ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएकामा भदौमा ९३ अर्बको आयात भएको थियो । यस्तै असोजमा एक खर्ब १३ अर्ब र कात्तिकमा एक खर्ब १० अर्बको आयात भएको थियो । गत वर्षको पहिलो ६ महिनामा मासिक एक खर्बभन्दा बढीका वस्तु आयात भएका थिए ।
 
कुन महिना कति आयात ?

Global Ime bank

६ महिनाको शीर्ष १० आयातित वस्तु

चालु आवको पहिलो ६ महिनामा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल हो । पुससम्म ३३ अर्बको डिजेल आयात भएको छ । यो आयात गत आवको पुससम्मको भन्दा ३३ प्रतिशत कम हो । चालु आवको पुसमा मात्र साढे ९ अर्बको डिजल आयात भएको हो ।

यस्तै एमएस बिलेट २९ अर्ब ८२ करोड रुपैयाँको आयात भएको छ । यो आयात अघिल्लो आवको भन्दा ३४ प्रतिशत बढी हो । यही अवधिमा १२ अर्ब ३७ करोडको एचआर सिट आयात भएको छ । यो आयात अघिल्लो आवको भन्दा १३ प्रतिशत कम हो । दुवै स्टिल सिट फलामको कच्चा पदार्थ हुन् ।

तेस्रो सर्वाधिक आयातित वस्तु मोबाइल फोन हो । यस अवधिमा अघिल्लो आवको पुससम्मको आयातभन्दा ७५ प्रतिशत बढी अर्थात् २० अर्ब ६३ करोडको मोबाइल आयात भएका हुन् । आयातमा छलाङ हान्ने वस्तु हो, भटमासको कच्चा तेल । प्रशोधन नगरिएको कच्चा तेल अघिल्लो आवको पुससम्मको भन्दा १ सय २२ प्रतिशत बढी अर्थात् १७ अर्ब ६७ करोडको आयात भएको छ ।

यस्तै तयारी कपडा गत आवको पुससम्मको भन्दा १८ प्रतिशत कम अर्थात् १५ अर्बको आयात भएको छ ।

चामलको आयात ४२ प्रतिशतले बढेर १५ अर्ब पुगेको छ । एलपी ग्यास र पेट्रोलको आयात भने क्रमशः ५ र २९ प्रतिशतले घटेर १४ अर्ब र १३ अर्बमा खुम्चिएका छन् ।  यस्तै सुनको आयात ५२ प्रतिशतले बढेर १२ अर्ब २१ करोड पुगेको छ । पुसमा मात्रै करिब पाँच अर्बको सुन आयात भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC