site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुनील र कुशलको अर्धशतकमा पुलिसको पहिलो जित  
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १११ रनको सामान्य लक्ष्य पुलिसले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुलिसका लागि सुनील धमलाले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले पनि अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ९ चौका र १ छक्कासहित ५१ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि हेमन्त धामीले एक विकेट लिए ।

Global Ime bank

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । त्यस्तै, सन्जु धामीले ३५ रन बनाउँदा अरुण ऐरीले १३ रन जोडे ।

बलिङतर्फ पुलिसका लागि सागर ढकालले ४ विकेट लिए । १० ओभर बलिङ गरेका सागरले तीन मेडन ओभर फालेर १८ रन खर्चे । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए । दीपेन्द्रले ६ ओभर १ बल बलिङ गरेर दुई मेडन ओभर फाल्दै १० रन खर्चे ।

जितसँगै पुलिसले समूह ‘बी’मा दुई खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिमको भने यो दोस्रो हार हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC