site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 नेपालमा मत्थर हुँदैछ कोरोना ! संक्रमण घट्दै, जोखिम कायमै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पुसयता कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । असोज र कात्तिकमा उच्च विन्दुमा पुगेको संक्रमणदर मंसिरपछि भने निरन्तर घट्दो क्रममा छ । नेपालमा दोस्रो चरणको कोरोना नदेखिए संक्रमण निर्मूल हुनसक्ने विज्ञहरूको आकलन छ ।

यस्तो थियो असोजदेखि मंसिरसम्मको तथ्यांक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक असोजको पहिलो साता हेर्दा दैनिक दुईदेखि पाँचजनाको मृत्यु भएको देखिन्छ । जतिबेला झन्डै १२ हजार मानिसमा पीसीआर परीक्षण गर्दा एक हजारदेखि एक हजार ५ सयसम्म नयाँ संक्रमित देखिएका थिए । तर असोजकै दोस्रो साताबाट संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको देखिन्छ । असोज १९ गते १९ जना र २५ गते २२ जनाको मृत्यु भएको तथ्यांक छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कात्तिक पहिलो साता पनि मृतकको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक ७ गते १६ हजार ८ सय ३३ जनामा परीक्षण गरिएकामा चार हजार चार सय ९९ संक्रमित भेटिए । सोही दिन १७ संक्रमितको मृत्यु भयो । यही दरमा रहेको संक्रमितको संख्या कात्तिकको मध्यतिर बढेर गयो । कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भयो भने ३ हजार ३ सय ९ जना नयाँ संक्रमित भेटिए ।

कात्तिक २६ गते पनि मृतकको संख्या २६ पगेको थियो । यसरी उकालो लागेको मृतकको संख्या मंसिर लाग्दै गर्दा केही घटेको देखियो । मंसिर पहिलो साता न्यूनतम १० देखि १६ जनाको मृत्यु भएकामा १४ गते यो संख्या २५ पुग्यो । 

Global Ime bank

 

 

यतिबेलासम्म सरकारले परीक्षणको दायारा घटाइसकेको थियो । मंसिर २१ गते १० हजार ९६ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ४ सय ९५ नयाँ संक्रमित भेटिएका थिए तर मृतकको संख्या भने १७ पुगेको थियो । यसरी असोज पहिलो साताबाट मंसिर अन्तिमसम्म आइपुग्दा नेपालमा एक लाख ९० हजार ६ सय ७ जना संक्रमित थपिए र कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुग्यो । यो तीन महिनाको अवधिमा नेपालमा ९ लाख ६० हजार ६ सय ६ जनाको पीसीआर गरिएको थियो ।

यही अवधिमा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि कोरोना अवधिकै उच्च रह्यो । असोजको पहिलो सातादेखि मंसिर अन्तिम सातासम्म १३ सय ४७ जनाले ज्यान गुमाए र नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार ७ सय ३० पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही तीन महिनाको अवधिलाई कोरोना संक्रमण उत्कर्षमा पुगेको अवधिका रुपमा लिएको छ ।

पुसमा संक्रमणदर कोरोना अवधिकै कम

 

 

 

३ महिना उच्च विन्दुमा पुगेको कोरोना संक्रमणको दर पुस लागेपछि भने घट्दै गयो । पुसको पहिलो साता सात हजारको हाराहारीमा परीक्षण भएकामा सात सय ४२ संक्रमित भेटिए । जसमध्ये सातजनाको मृत्यु भयो । पुस ७ गते तीन महिनाकै सबैभन्दा कम तीन संक्रमितको मृत्यु भयो । तीन महिनाको अवधिमा कोरोना संक्रमणका कारण सबैभन्दा कम मृत्यु भएको दिन पनि पुस ७ गते नै हो ।

त्यसयता मृतकको संख्या ३ देखि ७ को हाराहारीमा रहे पनि संक्रमितको संख्या भने धेरै घटेको देखिन्छ । पुसमा कोरोना संक्रमणका कारण १९४ जनाको मृत्यु भएकामा नयाँ संक्रमित भने १५ हजार २ सय २२ थपिए । पुस महिनाभरमा सरकारले एक लाख ४७ हजार ८ सय ८३ जनाको पीसीआर गरेको थियो ।

यसरी पुस ३ महिनामा सबैभन्दा कम संख्यामा कोरोना संक्रमित भएको महिना हो । त्यसैगरी माघ महिनामा संक्रमितको संख्या पुसको तुलनामा घटेको छ । माघ ५ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । जसमा माघ १ गतेदेखि ५ गतेसम्म नेपालमा १ हजार १ सय १ जना नयाँ संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ । 

जोखिम अझै बाँकी 

विश्वको इतिहासमा कोरोना महामारी लामो समय अस्तित्वमा रहेको सरुवा रोगमध्ये एक हो । यसअघि स्वाइन फ्लु, सार्सजस्ता सरुवा रोग निश्चित भौगोलिक क्षेत्रमा मात्रै फैलिएको र केही महिनामै निर्मूल भएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनका अनुसार सरुवा रोगको प्रकृति फरक-फरक हुन्छ, कोरोना भाइरस ‘अप एन्ड डाउन’ प्रकृतिको छ । यसको असर व्यक्तिको शारीरिक संरचना र मानसिक स्थितिका आधारमा पनि निर्धारण हुन्छ । 

पछिल्लो समय घटेको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणको जोखिम केही मत्थर भएको भन्न सकिन्छ । तर पूरै निर्मूल हुन भने समय लाग्ने डा. पुनको अनुभव छ । कोरोनाको दोस्रो छाल (चरण) नआएमा अहिलेलाई हामी केही सुरक्षित भएको भन्न मिल्छ तर डररहित भएर हिँडडुल गर्ने अवस्था भने अझै बनिसकेको छैन । नेपालमा सोमबार मात्र नयाँ प्रजातिको भाइरस पुष्टि भएसँगै कोरोनाको जोखिम अझै बाँकी रहेको बुझ्न सकिन्छ । तसर्थ जनस्वास्थ्यका मापदण्ड अपनाएर दैनिकी चलाउन डा. पुनको सुझाव छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC