site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा दुई साताभित्र आउने खोप कसले पाउछन् पहिले ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो खोप भारतबाट भित्रिने निश्चित भएको छ ।

खोपका ल्याउनका लागि भारतलगायतका विभिन्न मुलुकसँगै विश्व स्वास्थ्य संगठनमार्फतसमेत पहल भइरहेका बेला भारत सरकारले छिमेकी राष्ट्रहरुलाई अनुदानमा खोप दिने निर्णय गरेको हो । नेपालले भारतबाट कति खोप पाउने र कहिले ल्याउने भन्नेबारे आज टुंगो लाग्दैछ । पहिलो चरणमा ल्याइएको खोप कसलाई दिने भन्ने यसअघि नै टुंगो लागिसकेको छ ।

यी हुन् नेपालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो भागीदार
१. स्वास्थ्यकर्मी तथा सेवक : यो सूचीमा सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मी, प्रशासनिक तथा सरसफाइमा खटिएका कर्मचारी र स्वास्थ्य सेवाका लागि फिल्डमा खटिने कर्मचारीलाई राखिएको छ । यो वर्गमा नेपालको कुल जनसंख्याको ३ प्रतिशत नागरिक पर्दछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

२. ज्येष्ठ नागरिक तथा दीर्घरोगी : खोपको दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगी एवम् नागरिक छन् । जुन नेपालको जनसंख्यामा १२.२५ प्रतिशत छन् ।

३. ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी : ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी नागरिकलाई तेस्रो प्राथमिकतामा राखिएको छ । नेपालमा यो वर्गका नागरिक कुल जनसंख्याको ३.६८ प्रतिशत छन् ।

Global Ime bank

४. माइग्रेन्ट श्रमिक : खोप दिइने वर्गको प्राथमिकतामा बाहिरबाट आएर नेपालमा काम गरिरहेका श्रमिकलाई समेत राखिएको छ । उनीहरुलाई श्रमिकलाई चौथो चरणमा खोप दिइनेछ । नेपालमा यस्ता श्रमिक १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

५. ४० देखि ५४ वर्षका नागरिक : खोपको प्राथमिकतामा यी नागरिक पाँचौँ नम्बरमा छन् । नेपालमा ४० देखि ५४ वर्ष उमेर समूहक नागरिक पनि ३.६८ प्रतिशत छन् ।

६. १५ देखि ३९ वर्षका नागरिक : अन्तिम चरणमा खोप पाउनेमा युवा वर्ग छन् । १५ देखि ३९ वर्ष उमेर समूहका नागरिकलाई अन्तिम चरणमा खोप दिने सरकारको तयारी छ । नेपालको जनसंख्याको २२.५५ प्रतिशत नागरिक यही उमेर समूहका छन् ।

खोपको यो प्राथमिकीकरण सबै खोप आइपुग्दासम्मको योजना हो । नेपालको पूर्वाधार र अन्य प्राविधिक क्षमताका आधारमा सुरुको चरणमा दुईपटक गरी खोप ल्याइनेछ । त्यसमा पनि पहिलोपटक ३ प्रतिशत र दोस्रोपटक १७ प्रतिशतलाई पुग्ने र बाँकी खोप विभिन्न चरणमा ल्याउने सरकारको योजना रहेको छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC