site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘आन्तरिक पर्यटनले मात्रै समग्र पर्यटनको रिभाइभ गर्न सक्दैन’
Ghorahi CementGhorahi Cement

नेपाल पर्यटन बोर्ड, सरकार र निजी क्षेत्रको साझेदारीमा काम गर्ने संस्था हो । केही समयअगाडि पर्यटन बोर्डको बजेट देशभर बाँड्ने थियो । मन्दिर बनाउने, बाटो बनाउनेमा सहयोग गर्ने थियो । विकास मन्त्रालयजस्तो । कुल बजेटमध्ये आन्तरिक र बाह्यका लागि समेत गरेर ४० प्रतिशत प्रवद्र्धनका लागि थियो । त्यसलाई बढाएर ५५ प्रतिशत प्रवद्र्धनमा र ४५ प्रतिशत अन्य क्षेत्रमा खर्च गर्ने गरी बजेट ल्यायौं । कोभिड १९ अगाडि मार्केटिङको बजेट बढाएर ७० प्रतिशत नै पुर्याएका थियौं । त्यो बेलामा भ्रमण वर्ष २०२० गर्ने थियो । त्यसका लागि अन्तर्राष्ट्रिय बजारमा नै प्रवद्र्धन गर्ने योजना थियो । 

तर, कोरोनाका कारण भिटिज नेपाल २०२० रोक्नुपर्यो । अहिले पनि यो गरौं, त्यो गरौं भनेर भन्न सक्ने स्थिति छैन । यसरी मार्केटिङमा जाऔंभन्दा फेरि के समस्या आउँछ भनेर भन्नै नसक्ने अवस्थामा छौं, कोभिडका कारणले । हिजो कोभिडकै बीचमा प्रवद्र्धन गर्न खोज्दा यस्तो बेलामा प्रमोसन गर्ने ? भन्ने कुरा आएको थियो । त्यसैले आजै योजना बनाएर ल्याउने स्थिति बनिसकेको छैन । पर्यटन व्यवसायीका रूपमा प्रवद्र्धन गर्न सरकारलाई भन्छु तर के गर्ने ? यो गर्ने भनेर ठ्याक्कै भन्न सक्ने स्थिति छैन । अब त सामान्य हुँदै जान्छ होला भनेको फेरि बेलायतमा नयाँ भाइरस देखियो । 

पर्यटन बोर्डले लकडाउनका बेलामा नेपालबाट फर्कन चाहेका पर्यटकलाई सुरक्षित तरिकाले उनीहरूलाई फर्काउने काम गर्यौं । महामारीका बेलामा बोर्डले गरेको महत्त्वपूर्ण काममा पर्यटकको उद्धार कार्य पर्छ । 

Agni Group

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने र ३ घण्टासम्म होल्ड हुने अवस्था थियो । सबै पर्यटनसँग सम्बन्धित संघ–संस्थाको बलियो आवाजका कारण त्यसमा सुधार गर्न सफल भयौं । एयरपोर्टमा लगेजको समस्या पनि अहिले हटेको छ । चितवन मुग्लिङको बाटो निकै समस्या थियो त्यो पनि अहिले समाधान भएको छ । सडक मार्ग सुधारमा पर्यटन व्यवसायीको बलियो लबिइङले काम गरिरहेको छ । 

अहिलेको परिस्थितिमा आक्रामक भएर बजार प्रवद्र्धन गर्ने बेला हो कि होइन ? भन्ने विषयमा ठ्याक्कै यही गरौं भन्न सक्ने स्थिति छैन । यही बीचमा होटेल संघले राखेको कार्यक्रम ‘जाऔं है पोखरा’ अभियानमा जाँदा गाली खाइयो । तर, त्यसलाई धेरै मानिसले सराहाना पनि गरे । पोखरा सडक महोत्सव पनि भयो, त्यसले पनि राम्रो मुभमेन्ट ल्यायो । अब योजना बनाएर अगाडि बढ्ने अवस्था बन्छ किजस्तो लागेको छ । 

Global Ime bank

 

 

 

म आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुपर्छ भनेर वकालत गर्ने व्यक्ति हो तर आन्तरिक पर्यटनले मात्रै नेपालको समग्र पर्यटनको रिभाइभ गर्न सक्दैन । आन्तरिक पर्यटकले सञ्चालन खर्च पनि पुग्दैन । ६० प्रतिशतमध्ये २० प्रतिशत योगदान आन्तरिक पर्यटकको होला । तर, कहिलेसम्म यसरी धानिएर मात्रै बस्ने ? २० प्रतिशत आन्तरिक पर्यटकबाट होटेल चलाएर फाइदा हुन्छ ? हुँदैन । म पर्यटन व्यवसायी पनि भएको हुनाले भन्दै छु कि २० प्रतिशतमा चलाउनुभन्दा बन्द गर्दा घाटा कम हुन्छ । 

व्यवसाय राज्यले बन्द गराइदिएको थियो । अहिले पनि राज्यले व्यवसाय खोल भनेको छैन, ११ महिना भइसक्यो । लगानीको सुरक्षा, ब्याज, मजदुरको विषयमा राज्यबाट आओस् भन्ने व्यवसायीको चाहना छ । पर्यटक आएर मात्रै रिभाइभ हुने होइन । व्यवसायलाई राज्यले दिने सुरक्षा हो । आगामी ६ महिनासम्म यस्तै अवस्था रह्यो भने व्यवसायी नै हुँदैनन् । त्यसैले सरकारको तर्फबाटै ठूलै खालको प्याकेज ल्याउन सकेन भने यहाँ (पोखरामा) जति पनि व्यवसायी छन्, सबै पलायन हुन सक्ने अवस्था आउँछ । एक रुपैयाँ आम्दानी छैन, तर खर्च छ । त्यसैले पर्यटन क्षेत्रको रिभाइभ सरकारबाट सुरु हुनुपर्छ । 

पूर्वाधारमा राज्यले लगानी गरोस् क्याम्पियन निजी क्षेत्रले गर्छ । गाडी हामीसँग छ, त्यसलाई चलाउन तेल हाल्ने काम राज्यले गरिदिनुपर्छ । राज्यले दुई वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गर्नुपर्छ । हामीले बैंकबाट लिएको ऋणको ब्याज नै तिर्दैनौं भनेको होइन, तिर्ने समयावधि न्यूनतम २ वर्षपछाडि राखिदिनुपर्छ । व्यवसाय फेरि सुरु गर्नका लागि वर्किङ क्यापिटल दिनुपर्छ । 

 

 

नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिमा पुनरुत्थानका लागि पोखराका व्यवसायीले धेरैपटक घचघचाएका थियौं । त्यसमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पनि निकै ठूलो भूमिका खेल्नुभयो । नेपाल पर्यटन बोर्डले पनि धेरै पहल गरेको थियो । हामीले भनेको विषय मौद्रिक नीतिमा आएको छ तर कार्यान्वयन भएको छैन । हाम्रो माग भनेको मौद्रिक नीतिमा गरिएको पुनरुत्थानको प्याकेज कार्यान्वयन गर भन्ने नै हो । गरेन भने मरेपछि औषधिको केही काम हुँदैन । हामी व्यवसायी व्यवसाय बन्द गरेर ताला चाबी बुझाउन आउन सक्छौं ।  

आन्तरिक पर्यटन प्रवद्र्धनमा विभिन्न कार्यक्रमले सहयोग गर्छ । बाह्रखरी गल्फको माध्यमबाट पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछ । यो अभियान स्वागतयोग्य छ ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास स्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पलह अन्तर्गत पोखराका पर्यटन व्यवसायीबीच गरेको अन्तरक्रियामा उनले यस्तो आग्रह गरेका हुन् । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।  

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।  अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC