site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनीको विजयी सुरुवात
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ७७ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा भएको खेलमा लुम्बिनीले जित हात पारेको हो । लुम्बिनीले दिएको २५८ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो पहिलो खेलमा पराजित भएको प्रदेश २ का लागि विवेक यादवले अर्धशतकिय इनिङ्स खेले। उनले ४८ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ५१ रन बनाए । यस्तै प्रदेश २ का लागि सुधीर चौधरीले ४२ रन, महबुब आलमले ३१ रन, हरिशंकर शाहले २२ रन बनाए ।

प्रदेश २ विरुद्ध अनिल खरेलले उत्कृष्ट बलिङ गरे । जसमा उनले १० ओभरमा २ मेडन ओभरसहित २४ रन खर्चेर ४ विकेट लिएका हुन् । यस्तै, विक्रम भुसाल र दीपेन्द्र रावतले समान २/२ विकेट लिए भने कृष्ण कार्की र अमित तामाङले १/१ विकेट लिए ।

Global Ime bank

यसअघि पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिँदा सौरभले ५६ रन बनाएका थिए ।

यस्तै विक्रम भुसालले ३६ रन बनाएका थिए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडेका थिए ।

प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिएका थिए । समूह ‘बी’ मा रहेको लुम्बिनीले २ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC