site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 ‘पल्पसा क्याफेमा चलचित्र निर्माणको अनुमति मागिएको थियो’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पत्रकार तथा साहित्यकार नारायण वाग्लेले ‘पल्पसा क्याफे’मा चलचित्र निर्माण गर्ने अनुमति मागिएको बताएका छन् । ‘पल्पसा क्याफे’ नाटक निर्माण युनिटले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार वाग्लेले दुईजना निर्देशकले पल्पसा क्याफेको कथामा चलचित्र बनाउनका लागि अनुमति माग पनि आफूले चासो नदेखाएको बताएका हुन् । 

“दुई पटक यो उपन्यासको कथामा चलचित्र बनाउनुपर्यो भन्दै आउनु भएको थियो । तर, मैले प्रोत्साहन गरिनँ,” उनले भने, “उपन्यास भर्खर लेखेको थियो । मलाई त्यो बेला पानामै सुरक्षित रहोस् भन्ने लाग्यो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

करिब १५ वर्षपछि नाटक निर्देशक विमल सुवेदीले नाटकमा रुपान्तरण गर्छु भने र उनको ‘कन्सेप्ट’ सुनेपछि प्रभावित भएर अनुमति दिएको बताए । 

अहिले पनि ‘पल्पसा क्याफे’मा चलचित्र बनाउन अनुमति दिने वा नदिनेबारे आफूले केही नसोचेको भन्दै चलचित्र निर्माणको अनुमति माग्न आउने निर्देशक र उसले विगतमा गरेको कामले निर्धारण गर्ने स्पष्ट पारे । 
नाटकका रुपमा आउन लागेको ‘पल्पसा क्याफे’ भने राम्रो हुने अपेक्षा गरेको उनले बताए । 

Global Ime bank

‘पल्पसा क्याफे’लाई विमल सुवेदीले निर्देशन गर्दैछन् । 

नाटकको मुख्य पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्का देखिँदैछिन् । उपन्यासलाई सुरज सुवेदीले नाटकमा रुपान्तरण गरेका हुन् । 

नाटक आउँदो वैशाखमा मञ्चन गर्ने तयारी भइरहेको निर्देशक सुवेदीले जानकारी दिए । 

उपन्यास ‘पल्पसा क्याफे’ मदन पुरस्कार विजेता पुस्तक हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC