site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतलाई 
Sarbottam CementSarbottam Cement

काठामाडौं । अस्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज भारतले जितेको छ । घरेलु टिमविरुद्धको टेस्ट सिरिज भारतले जित्न सफल भएको हो ।

मंगलबार भएको अन्तिम तथा निर्णायक टेस्टमा अस्ट्रेलियालाई ३ विकेटले हराउँदै भारतले सिरिज २–१ ले आफ्नो बनाएको हो ।

ब्रिसबेनमा भएको टेस्टको चौथो दिन सोमबार अस्ट्रेलिया दोस्रो इनिङ्समा २९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३२८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाएर पूरा गरेको हो । जितसँगै भारतले बोडर–गावस्कर टेस्ट आफ्नो बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतका लागि सुबमन गिलले ९१ रनको अर्धशतकीय पारी खेले । ऋषभ पन्त ८९ रनमा अविजित रहे ।

अस्ट्रेलियाका प्याट कमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

Global Ime bank

दोस्रो इनिङ्समा अस्ट्रेलियाका स्टिभ स्मिथले ५५ रन बनाए । डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रनको योगदान गरे ।

भारतका मोहमद सिराजले ५ विकेट लिए ।

भारतले पहिलो इनिङ्समा अलआउट हुनुपूर्व ३३६ रन बनाएको थियो । भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन जोडे ।

अस्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए । प्याट कमिन्स र मिचेल स्टार्कले २/२ विकेट लिए ।

यस्तै, अस्ट्रेलिया पहिलो इनिङ्समा ३६९ रन जोड्दा अलआउट भएको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १०८ रन बनाएर आउट भए ।

भारतका टी–नटराजन र सार्दुल ठाकुरले ३/३ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC