site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गण्डकीविरुद्ध कर्णालीको सहज जित (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले हराएको हो ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्णालीका लागि हिमान्सु शाहीले अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ७ चौकाको सहयोगमा ६८ रन बनाए । त्यस्तै, विपीन रावलले ४९ रन जोड्दा राज शाह ३२ र हेमन्त ओलीले २९ रनको योगदान गरे ।

बलिङतर्फ गण्डकीका लागि विपीन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले यसअघिको खेलमा पनि ह्याट्रिकसहित ४ विकेट लिएका थिए । त्यस्तै, सुवास भण्डारीले एक विकेट झारे ।

Global Ime bank

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

गण्डकीका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले । ६४ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ४६ रन बनाउँदा विपीन खत्रीले ३२ रनको योगदान गरे ।

जितसँगै कर्णालीको दुई खेलबाट २ अंक भएको छ । पराजित गण्डकीको तीन खेलबाट २ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC