site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरातत्वको निर्देशनविपरीत कमलपोखरीमा रातारात डोजर चलाइयो
Ghorahi CementGhorahi Cement

काठमाडौं । ऐतिहासिक महत्वको कमलपोखरीमा सोमबार राति डोजर चलाइएको छ ।

पुरातत्व विभागले कमलपोखरीमा निर्माण कार्य रोक्न आदेश दिए पनि डोजर चलाइएको हो । पुरातत्वले सोमबार काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई असर पर्ने गरी निर्माण कार्य अघि नबढाउन भनेको थियो ।

तर, सोमबारै राति त्यहाँ डोजर चलाइएको हो । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरले सोमबार राति डोजर चलाइएको बाह्रखरीलाई जानकारी दिए ।

Agni Group

‘‘काम अघि बढाउने उद्देश्यले राति डोजर चलाएको देखिन्छ,’’ उनले भने, ‘‘अहिले (सोमबार राति १० बजेर ३० मिनेट)सम्म डोजर चलिरहेको छ ।’’ आफूहरुले त्यसलाई रोक्न पहल गरिरहेको उनले बताए ।

उनले कमलपोखरीमा डोजर चलाइएको तस्बिर ट्वीटरमा सेयर गर्दै त्यसलाई तत्काल रोक्न माग गरेका छन् ।

Global Ime bank

ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी कमलपोखरीको पुनर्निर्माण गर्न पुरातत्वले काठमाडौं महानगरपालिकालाई भनेको छ ।

काठमाडौं महानगपालिका–१ स्थित कमलपोखरीको ऐतिहासिकता मास्ने गरी पुनर्निर्माण भइरहेको भन्दै अभियन्ताहरुले त्यसलाई रोक्न माग गर्दै आएका छन् ।

कमल फुल्ने कमलपोखरीमा कंक्रिटको फूल फुलाउन खोज्दा... (भिडियोसहित)

No description available.

तस्बिरः आलोकसिद्दी तुलाधरको ट्वीटरबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC