site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालको पर्यटन क्षेत्रमा सुधार ल्याउन तत्काल ट्राभल प्रोटोकल परिमार्जन आवश्यक, यस्ता छन् १२ बुँदे सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्ध संघ–संस्थाहरुले ‘भिजिटर प्रोटोकल’ पुनरावलोकन गर्न माग गरेका छन् । उनीहरुले अनअराइलभ भिसा दिने व्यवस्थासहित विमानस्थलबाट आउने पर्यटकलाई २४ घण्टाभित्र पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाउन पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेका छन् ।

विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र टूर तथा ट्राभल एजेन्सीले समेत नेपाल आगामी पर्यटन सिजनका लागि बन्द भएको समाचार सम्प्रेषण गर्ने देखिएकोले यथाशीघ्र केही सर्तहरु पुनरावलोकन गर्न जरुरी देखिएको ठहर उनीहरुले गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट भिसा अनअराइभल सेवा सुचारु गर्नुपर्ने, हवाईमार्गबाट नेपाल भित्रिने यात्रुहरुको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो प्रस्थान विन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनु्पर्ने, तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागु नहुने, भारतीयबाहेक अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुनः कोभिड–१९ परीक्षण गर्नुपर्ने र सोको रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

यस्तै, नेपाल आउने यात्रुहरुको स्वाब संकलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पीसीआर रिपोर्ट दिने व्यवस्था मिलाउन पनि माग गरेका छन् । भारतीय नागरिकको हकमा ‘बबर सम्झौता’अनुसारका नियम यथावत् राख्ने, भारतसँग जोडिएका सम्पूर्ण नाकाहरु खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुहरुको लागि ९६ घण्टा अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट भएको हुनुपर्ने, स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर भारतबाट नेपाल भित्रिने अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुनः कोडिभ–१९ को परीक्षण गर्नुपर्ने र सो को रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुहरुको स्वाब  संकलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टाभित्र रिपोर्ट दिने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

Global Ime bank

यसैगरी कोभिड–१९ विरुद्धको खोप लगाएका यात्रुहरुको हकमा खोप लगाएको प्रमाणपत्र उपलब्ध गरेको खण्डमा पीसीआर रिपोर्ट नचाहिने, कोभिड–१९ को पुनः नेपालमा परीक्षण गर्न नपर्ने र क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था मिलाउनुपर्ने, नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य तथा सम्पूर्ण गतिविधिहरु होटेल, ट्राभल, ट्रेकिङ, हाइकिङ, रेस्टुरेन्ट, स्पा, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, होमस्टे, एडभेन्चर एक्टिभिटिज, पर्यटकीय सवारीसाधन, पार्टी प्यालेस, रात्रिकालीनलगायतका गतिविधिहरु पूर्ण रुपमा तोकियाको मापदण्ड अपनाएर सुचारु गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

उनीहरुले पर्यटकको सुविधाका लागि नेपालभित्र आवश्यकता महसुस गरेमा होटेल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशमा कोडिभ केयर सेन्टर सञ्चालन गर्न सक्ने, नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्य ट्राभल इन्स्योरेन्स गरिएको हुनुपर्ने पनि माग गरिएको छ ।

नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा सिफारिस सम्बन्धमा भ्रमण तालिका, नेपाल आगमन हुने मिति, यात्रा बिमा, ट्रेकिङको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको ट्रेकिङ आइटिनरी, ग्रुप ट्रेकिङको लागि अन्य शर्तहरु यथावत् नै रहने गरी सर्त राख्न पनि सुझाव दिइएको छ । यी प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन विभागले सोझै पर्यटक भिसा दिने व्यवस्थाका लागि मन्त्रालयलाई आग्रह गरिएको छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC