site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पौडेललाई देउवाले भने- पार्टीको धारणा एउटै बनाएर जाऔं
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पार्टीको एउटै धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेका छन् । पौडेललाई भेट्न दिउँसो ४ बजे देउवा उनको निवास बोहोराटार पुगेका थिए । उनीहरुबीच १ घण्टा २५ मिनेट छलफल भएको थियो ।

स्रोतका अनुसार भेटमा सभापति देउवाले प्रतिनिधिसभा विघटनको विषयमा पार्टीभित्र साझा धारणा रहेको सन्देश बाहिर नगएको भन्दै एउटै मत बनाएर जान आग्रह गरेका थिए । वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा र सभापति देउवा चुनावको पक्षमा बढी देखिँदै आएका छन् । “पार्टी फरक-फरक देखिने गरी नजाऔं । एउटै देखिने गरी जाउँ,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

Agni Group

देउवाको त्यस्तो प्रस्तावपछि जवाफमा पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानलाई धारापमा पारेको भन्दै कांग्रेस संविधानको रक्षाको पक्षमा उभिनुपर्ने बताए । “संविधानलाई केपी ओलीले धरापमा पारेका छन्, संविधानको रक्षामा उभिनुपर्छ । विधि रक्षाका लागि कांग्रेस छ भन्ने भरोसा जनतालाई दिनुपर्छ,” पौडेललाई देउवाले भनेका थिए । आफूले सभापति देउवासँग फरक मत राखेर हिँड्न नखोजेको भन्दै पार्टीलाई सिद्धान्तमा हिँडाउने प्रयास गरेको पौडेलले बताएका थिए । 

त्यस्तै, देउवाले पार्टीको महाधिवेशनका विषयमा केन्द्रीय समितिबाट कार्यतालिका संशोधन गर्नेबारे पनि पौडेलसँग छलफल गरेका थिए । पौडेल पुत्र चिन्तन पौडेलले दिउँसो ४ बजे सभापति देउवा निवासमा आएको बताए । “पार्टीको आसन्न महाधिवेशन र समसामयिक विषयमा छलफल भयो । यो पार्टीका नेताहरुबीचको भावनात्मक सम्बन्ध विकासको रुपमा मैले बुझेको छु,” उनले भेटबारे भने ।
-फाइल तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC