site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेम्वाङको प्रसंगमा प्रधानन्यायाधीशले ठट्टा गर्दै भने- संविधान बनेपछि बोल्ने अर्कै होला
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानमा प्रधानमन्त्रीलाई विघटनको व्यवस्थै नराखिएको बताएका थिए । तर, अहिले उनी मौन छन् । नेम्वाङ मौन रहेको विषय सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा उठ्यो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर मुद्दामा बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले नेम्वाङ अहिले मौन रहेको प्रसंग उठाएका थिए । नेम्वाङको सन्दर्भ उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ठट्यौली पारामा भने, “संविधान निर्माणका बेला बोल्या एउटा कुरा होला । संविधान बनिसकेपछि बोल्ने अर्कै होला ।” 

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीश सपना प्रधान मल्ल पनि नेम्वाङको प्रसंग आएपछि अधिवक्ता घिमिरेसँग जिज्ञासा राखिन् । “संविधानसभाको अध्यक्षले औपचारिक, अनौपचारिक रुपमा बोल्या कुरा संविधानको मर्म हो कि ? मस्यौदामा लेखिएको कुरा हो ?” उनको प्रश्न थियो, “लेखेको कुराले रिफ्लेक्सन गर्छ कि बोलेको कुराले ?”

संविधानसभाका अध्यक्ष रहेका नेम्वाङ अहिले प्रतिनिधिसभा विघटनको पक्षमा छन् । तर, केही समयअघि उनले भनेका थिए, “अहिले प्रधानमन्त्रीले विघटन गर्नसक्ने हामीले संविधानमा व्यवस्थै राखेनौं ।” नेम्वाङले अहिले बोली फेरेको भन्दै उनको पुरानो भिडियो भाइरल भएको थियो ।

Global Ime bank

-फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC