site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६औं वार्षिकोत्सवका अवसरमा सिंहदरबार प्लाजा काठमाडौंमा सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

पछिल्लो समय बैंकहरुको प्रतिस्पर्धा चलेको छ । कसले छिटो छरितो सेवा प्रवाह गर्ने तथा कसले के-कस्ता नयाँ-नयाँ कार्यक्रमहरु ल्याउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको छ । डिजिटल युगमा प्रवेश गरेसँगै कुन बैंकले डिजिटल माध्यमबाट कसरी गुणस्तरीय सेवा प्रवाह गर्ने भन्नेमा प्रतिस्पर्धा भइरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले आफू डिजिटल माध्यमबाट नयाँ सेवामा गइरहेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खासगरी कोभिड १९ को संक्रमणपछि लेस क्यास ट्रान्जेक्सन गर्दै डिजिटलको माध्यमबाट कारोबार अगाडि बढाउने र यसलाई निरन्तरता दिने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए । 

ग्राहकलाई नयाँ सेवा सहजै कसरी दिने भन्नेमा राष्ट्रिय वाणिज्य बैंक गम्भीर रहेको उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले बताइन् । कम ब्याजमा कर्जा दिने तथा निपेक्षकर्तालाई बढी ब्याज दिएर बैंक ग्राहक पहुँचको पहिलो नम्बरमै रहेको उनको भनाइ छ ।

Global Ime bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्रमशः डिजिटल माध्यममा प्रवेश गरिरहेको छ । बजारमा प्रतिस्पर्धामा उत्रिन डिजिटल माध्यमबाट नयाँ नयाँ सेवा सुविधा दिनुपर्नेमा आफ्नो ध्यान गएको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५६औं वार्षिकोत्सव आगामी १० गते औपचारिक कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC