site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्‍ने कोठा) औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपालमा कोभिड १९ को महामारी फैलिएलगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यु डायमेन्सन, कुलेश्वर १४ को सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा आइरहेको थियो । उक्त हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिड १९ को संक्रमित पनि छुट्याउनुपर्ने भएकाले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककी सचिव लता घिमिरेले जानकारी दिइन् ।

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

Global Ime bank

हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्‍ने कोठा) तीन लाख ७५ हजार रुपैयाँमा निर्माण भएको हो । कुनै पनि उपचारअघि ज्वरो नाप्‍ने कोठामा ज्वरो नाप्‍न तथा परामर्श लिन आग्रह गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC