site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पनि बताएकी छिन् ।

"शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरुरी भएको तथा आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताउनुहुँदै स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभयो," आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा भण्डारीले लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिएकी थिइन् ।

आयोगले सोमबार संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन ०७६/७७ राष्ट्रपति भण्डारीलाई बुझाएको हो । प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, सांगठनिक एवं प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समेटिएको आयोगले जनाएको छ । 

Global Ime bank

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC