खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा सिड्नी थन्डरसँगको खेलमा विकेटविहीन भएका छन् ।
अहिले सन्दीप आवद्ध होबार्ट हरिकेन्सले थन्डरसँग प्रतिस्पर्धा गरिरहेको छ । थन्डरले दिएको १७८ रनको लक्ष्य पछ्याएको हरिकेन्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
पाँचौँ खेलमा सन्दीप विकेटविहीन भएका हुन् । ४ ओभर बलिङ गरेका सन्दीपले २८ रन खर्चिए । सन्दीपले अघिल्ला ४ खेलमा ४ विकेट लिएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७ १६:३७
प्रतिक्रिया दिनुहोस्