site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१७ अंकले बढेको नेप्से लगातार आठौँ दिन पनि नयाँ उचाइमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक  नेप्से १७.३१ प्रतिशतले वृद्धि भएर २३३२.३२ अंकमा बन्द भएको छ । आइतबार २३१५ अंकमा बन्द भएको नेप्सले ‘अल टाइम हाई’को रेकर्ड बनाएको थियो । सोमबार पुनः दोहोरो अंकले बढेर ‘अल टाइंम हाई’को रेकर्ड बनाउँदा नेप्सेमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेले पुस २२ गतेयताको हरेक कारोबार दिनमा नयाँ उचाइ कायम गर्दै अगाडि बढेको छ । नेप्से आज लगातार आठौँ कारोबार दिन पनि बढेको हो । कोभिड–१९ ले अर्थतन्त्र प्रतिकूल रहेको छ । यस्तै, राजनीतिक अवस्था प्रतिकूल रहँदासमेत चालू आर्थिक वर्षको सुरुवातबाट नै सेयर बजारमा बुल देखिएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, घटेको ब्याजदर र लगानीको अन्य अवसर नहुँदा सेयरबजारमा बुल देखिएको विश्लेषकहरु बताउँछन् ।

Agni Group

प्रि ओपन सेसनमा २३३३.८८ अंकमा खुलेको नेप्से ‘इन्ट्रा डे’ कारोबारमा (एक कारोबार दिन) २३४०.९८ अंकको माथिल्लो विन्दु र २३१८.८८ अंकको तल्लो विन्दु कायम गरेको थियो । नेप्सेले आज कायम गरेको माथिल्लो विन्दु इन्ट्रा डे कारोबारको अहिलसम्मकै उच्च विन्दु हो । यसअघि, हिजो आइतबार ‘इन्ट्रा डे’ कारोबारमा २३१८.६६ अंकसम्म पुगेको थियो ।

आज नेप्सेमा हाइड्रोपावरबाहेक सबै समूहका सूचकहरु सकारात्मक बनेका छन्  । व्यापार समूहको सूचक सर्वाधिक ६.५८ प्रतिशत र होटल समूहको सूचक ५.८२ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ सूचक ०.१६ प्रतिशत र अन्यको सूचक ०.६२ प्रतिशतले वृद्धि हँदा लघुवित्तको सूचक २.६८ प्रपितशत र म्युचुअल फन्ड, वित्त कम्पनी र विकास बैंकको सूचक पनि २ प्रतिशतमाथिले बढेको छ ।

Global Ime bank

आज सेयर बजारमा कारोबार रकमको नेतृत्व प्रभु बैंकले गरेको छ । बैंकको करिब ३३ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै,  नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ८५ लाख र एनआईसी एशिया बैंकको २० करोड २४ लाखको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये १७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा प्रभु लाइफ कामना सेवा विकास बैंक, गोर्खाज फाइनान्स, हाइड्रोइलेक्ट्रसिटी एन्ड डेभलमेन्ट कम्पनीलगायत रहेका छन् । सेयर मूल्य घट्नेमा भने समृद्धि फाइनान्स, एभरेष्ट बैंकको प्रिफरेन्स सेयरलगायत रहेका छन् ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC