site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
३०० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ११९ रनमै अलआउट (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेमला वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३०० रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११९ रन मात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ४४ रनको योगदान गरे । २९ बल खेलेका उनले १ चौका र ५ छक्काको सहयोगमा ४४ रन बनाए । त्यस्तै, अर्जुन साउदले ३१ रनको योगदान गर्दा किरण ढगुन्नले २४ रन जोडे ।

बलिङतर्फ वाग्मती प्रदेशका लागि रामनरेश गिरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, नन्दन यादवले २ विकेट लिँदा दिपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले समान १/१ विकेट लिए ।

Global Ime bank

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको थियो ।

वाग्मतीका लागि ओपनिङमा आएका आदिल र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । ९४ बल खेलेका पृथुले १० चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । त्यस्तै, ८६ बल खेलेका आदिलले १० चौकाको सहयोगमा ६३ रन जोडे ।

वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले समान ३२/३२ रनको योगदान गरे ।

आजको खेलमा सहज जित निकाल्दै वाग्मतीले दुई खेलमा ४ अंक जोडेको छ । समूह ‘बी’मा वाग्मती ४ अंकसँगै शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिमले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC