site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गण्डकीको पहिलो जित (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर–१ लाई २ विकेटले पराजित गरेको हो ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको  विजय लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकीका लागि ओपनर अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५/३५ रनको योगदान गरे । त्यस्तै, अभिशेक थापाले १२ रन बनाए । बलिङतर्फ प्रदेश–१ का लागि मनीष थापा र सुभान्कर उरोले समान २/२ विकेट लिए । त्यस्तै, दिपेश कँडेल र हेमन्त राइले समान १/१ विकेट झारे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट हुनुअघि १०२ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान सिदान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै, मनीष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रन जोडे ।

Global Ime bank

बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिकसहित चार विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका उनले सो सफलता हात पारे । उनले २८औँ ओभरमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए । त्यस्तै, सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपीन खत्रीले २ विकेट लिए ।

जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ अंक जोडेको छ । यसै समूहमा शीर्ष स्थानमा रहेको आर्मीको ४ अंक रहेको छ । प्रदेश–१ प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै पराजित हुन पुगेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC