site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पृथु र आदिलको अर्धशतकमा सुदूरपश्चिमलाई विशाल लक्ष्य 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको लक्ष्य दिएको छ ।

आदिल खान र पृथु बास्कोटाले अर्धशतक बनाउँदा वाग्मतीले बलियो योगफल बनाएको हो ।

Agni Group

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनायो ।

वाग्मतीका लागि ओपनिङमा आएका आदिल र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । ९४ बल खेलेका पृथुले १० चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । त्यस्तै, ८६ बल खेलेका आदिलले १० चौकाको सहयोगमा ६३ रन जोडे ।

Global Ime bank

वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले समान ३२/३२ रनको योगदान गरे ।

वाग्मती लगातार दोस्रो जित निकाल्ने योजनामा छ । यसअघि, वाग्मतीले विभागीय टोली नेपाल पुलिसलाई आइतबार सहजै पराजित गरेको थियो । 

प्रतियोगिताको खेल पहिलो खेलिरहेको सुदूरपश्चिम भने सहज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ ।

समूह ‘बी’मा रहेको वाग्मतीले २ अंक जोडेको छ । वाग्मती तालिकाको शीर्ष स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC