site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अरू कसैको अपराधको सजाय भोग्नु नेपाली जनताको नियतिजस्तै बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षहरूबीचको भागबन्डाको झगडामा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभामाथि खड्ग चलाए । प्रतिनिधि सभाको विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको छ । प्रधानमन्त्री ओली भने मुद्दा संवैधानिक नभएर ‘राजनीतिक’ भएकाले खारेज हुने फैसला सडकबाटै सुनाइदिन्छन् । उनका अर्का समकक्षी प्रतिनिधि सभा पुनःस्थापनाको माग राखेर सडक आन्दोलनमा छन् । उनलाई आन्दोलन शान्तिपूर्ण ‘भेजिटरिएन’ भएकोमा पटक्कै चित्त बुझेको छैन । यसैले उनले युवाविद्यार्थीहरूलाई ‘आक्रामक’ र ‘आवेगमय’ आन्दोलनका निम्ति उक्साउने अभिव्यक्ति आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा दिएका छन् । यही पुस ९ गते सत्तारूढ दलको सत्ताबाहिर रहेको समूहले काठमाडौं उपत्यका ‘अस्तव्यस्त’ बनाउने आन्दोलन कार्यक्रम घोषणा गरेको छ । 

आन्दोलनका नाममा अराजकता उत्पन्न गरेर मुलुकलाई संकटको खाडलमा खसाउने मनसुवा नभए विरोधका कार्यक्रम आक्रामक र आवेगपूर्ण अर्थात् हिंसात्मक बनाउनु पर्ने थिएन  सत्तारुढ नेकपाका दुईमध्ये एक अध्यक्ष ओली प्रतिनिधि सभाको हत्या गर्ने र उही पार्टीका अर्का अध्यक्ष सडकमा आक्रामक आन्दोलन गर्न युवाविद्यार्थीलाई उक्साउने १ देशमा बिस्तारै लोकतान्त्रिक संस्कार र अभ्यासको विकास भइरहेकै बेला कम्युनिस्टहरूले लोकतन्त्रको जगमै प्रहार गर्न थालेका त हैनन् भन्ने सन्देह नेकपाका दुवै खेमाका अभिव्यक्ति र व्यवहारबाट उत्पन्न भएको छ । ज्ञातव्य छ, नेकपा अहिलेसम्म वैधानिकरूपमा एउटै दल हो । नेकपाका दुवै अध्यक्षले एकअर्काप्रति प्रयोग गरेका शब्दहरू नै हिंसात्मक र आवेगपूर्ण छन् । उनीहरूको कुण्ठा, द्वेष, घृणा र आक्रोश सडकमा छताछुल्ल भएका छन् । कुपात्रमा मतदान गरेको प्रायश्चित्तबापत नेपाली जनताले यतिसम्म सहलान् पनि । तर, जनजीवन नै अस्तव्यस्त बनाउने धम्की भने पक्कै सह्य हुनेछैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका अस्तव्यस्त हुनेगरी आक्रामक हुन युवाविद्यार्थीलाई उक्साउनेहरू विचार र पृष्ठभूमि पनि हिंसात्मक नै छ । यसैले यिनको आह्वान थप चिन्ताको विषय भएको हो । माधवकुमार नेपाल प्रधानमन्त्री छँदा २०६७ वैशाखमा पुष्पकमल दाहालको नेतृत्वमा काठमाडौं घेर्न देशभरका कार्यकर्ता उपत्यका भित्र्याइएको कमैले बिर्सेका होलान् । काठमाडौं अस्तव्यस्त बनाए पनि दाहाल कथित घेराउ फिर्ता लिन वाध्य भएका थिए । यद्यपि, सरकारले बल प्रयोग गरेर हटाउने आँट गरेको थिएन । त्यतिबेला दाहालका शब्दमा काठमाडौंका ‘सुकिलामुकिला’ हरू घेराउको प्रतिवादमा उत्रेका थिए । प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा अहिलेसम्म राजनीतिक दलका कार्यकर्ता र अभियन्तामात्र आएका छन् । जनतालाई सडकमा उतार्न आन्दोलनलाई हिंसात्मक बनाउन खोजिएको हो भने त्यो प्रत्युत्पादक हुनेछ । 

अहिले काठमाडौंमा कोभिड -१९ को संक्रमण केही मत्थर देखिए पनि साम्य भएको छैन । जनताको वितृष्णा आक्रोशमा परिणत हुनेछ । बन्द कक्षमा सयौं जनाको भिडलाई ‘आक्रामकु हुन उक्साइएकै दिन काठमाडौंमा कोभिड - १९ बाट संक्रमित हुनेको संख्या सयौंमा रहेकै छ । नयाँ प्रकारको भाइरसको संक्रमण संसार भर बढ्दै छ । नेपालमा भने प्रधानमन्त्री ओली ६४ प्रतिशत बहुमतले नपुगेर ६६ प्रतिशत नघाउन संविधानमै नभएको अधिकार देखाएर संसद् भंग गरी चुनावमा जाँदैछन् र उनैको पार्टीका अर्का नेता देशको सबैभन्दा ठूलो र संक्रमणको जोखिममा भएको सहरलाई अस्तव्यस्त बनाउन युवाविद्यार्थीलाई उक्साउँदै छन् । यसैले अब युवा स्वयं सजग हुनुपर्छ र यस्ता हिंसाका पुजारीहरूलाई बहिष्कार गर्नुपर्छ । लोकतन्त्रकै चिन्ता हो भने पुष्पकमल दाहालले युवालाई आक्रामक हुन उक्साउनुको साटो आफू अनशनमा बस्नु बेस हुनेछ । सडकमा तोडफोड नगरेर पनि सामान्य प्राध्यापक डाक्टर गोविन्द केसीले राज्यलाई सम्झौता गर्न बाध्य बनाएका थिए त १ यद्यपि, अनशन गर्न नैतिक शक्ति आवश्यक हुन्छ जसमा कम्युनिस्टहरूको विश्वासै हुँदैन । 
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC