खेल
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशका पृथु बास्कोटाले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले अर्धशतक पूरा गरेका हुन् ।
६१ बल खेलेका पृथुले ७ चौकाको सहयोगमा ५० रन बनाउन सफल भएका हुन् । आदिलले २८औं ओभरमा अर्धशतक बनाउन सफल भए ।
आदिलको अर्धशतकसँगै वाग्मती प्रदेशले २८ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै १५५ रन बनाएको छ । पृथुसँगै क्रिजमा रहेका आदिल खानले ६२ रन बनाएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७ ११:१३
प्रतिक्रिया दिनुहोस्