site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विशालको ह्‍याट्रिकमा प्रदेश एक १०२ रनमै अलआउट
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ ले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको हो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै मनीष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रनको योगदान गरे ।

Agni Group

बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यालले ह्‍याट्रिकसहित चार विकेट लिए । ६ ओभर ४ बल बलिङ गरेका उनले चार विकेट लिन सफल भए । उनले २८औं ओभरमा ह्‍याट्रिक पूरा गर्न सफल भएका थिए । त्यस्तै सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपिन खत्रीले दुई विकेट लिए ।

आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा पराजित भएको गण्डकी प्रदेश आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ ।

Global Ime bank

यता प्रदेश १ ले प्रतियोगिताअन्तर्गत आज पहिलो खेल खेल्दै छ । आजको खेलमा जित निकाल्दै प्रदेश १ प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC