site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नयाँ पुस्ताको सपना कहाँ छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संगीतकार सम्भुजित बास्कोटाले नयाँ पुस्ताका संगीतकर्मीको सपनालाई केन्द्रमा राखेर अगाडि बढ्न आग्रह गरेका छन् । अधिकांश नयाँ पुस्ताले राम्रो भविश्यको सपना बुन्दै संगीत क्षेत्रमा आउने गरेको भन्दै उनीहरुको उज्वल भविश्य सुनिश्चित गर्ने काम अग्रज संगीतकारहरुको रहेको बास्कोटाको भनाइ छ । 

“सबैलाई बसन्त सापकोटा, राजनराज शिवाकोटी, राजन ईशान बन्ने सपना हुन्छ । अरु गाडी चढेको देख्दा म पनि यस्तै हुन्छु भन्ने सोचले आजको पुस्ता यो क्षेत्रमा लागिरहेको छ । तर के सबैको अवस्था त्यस्तै हो । अधिकांश संगीतकर्मीको अवस्था कस्तो छ ?,” सम्भुजित भन्छन्, “त्यसैले संगीतकार संघले चालेको कदम, लक्ष्मण शेष र उहाँको टिमले सुरु गरेको कपिराइट र रोयल्टीको अभियानमा साथ दिन म सबैलाई आग्रह गर्छु । सबै एकसाथ भएर लागेको अवस्थामा मात्र हामीले जित्न सक्छौं ।” 

मन, वचन र कर्मले स्रस्टाको अधिकार प्राप्तीको अभियानमा लाग्न उनको सुझाव छ । “यो राम्रो कामका लागि मेरो सधैं साथ छ,” संगीतकार संघको दशौं साधारण सभामा उनले भने, “काम भइरहेको छ । त्यसको परिणाम त पर्खिनै पर्छ । तर हामीले यति भुल्नु हुन्न– एजनालाई दुःख पर्दा अर्को हास्नु हुँदैन । हामी पनि भोलि बाँच्ने समाज यही हो । हामीलाई पनि त्यो दुःख आउन सक्छ । त्यसैले आज हामी एकाकार भएर हिँड्नुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC