site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सुडान झडपमा कम्तीमा ४८ व्यक्तिको मृत्यु, ९७ घाइते
Sarbottam CementSarbottam Cement

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाद्वारा गरिएको आक्रमणमा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)ले आइतबार जानकारी गराएको छ ।

उक्त आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘शनिबार बिहानदेखि एल जेनिना सहरमा भएका रक्तपातपूर्ण घटनाहरु अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्यांकानुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन्,’’ सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरुको समितिलाई उद्धृत गरी लेखेको छ ।

सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले जनाएको छ ।

Global Ime bank

यसैबीच, सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्यांकन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।

महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरु सामेल गरिएको छ ।

यसैबीच, पश्चिम डार्फरमा शनिबार घटना चलिरहेका समय स्थानीय अधिकारीहरुले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेका छन् ।

पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बीचमा भएको लडाइँबाट सुरु भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको थियो । रासस/सिन्ह्वा
फाइल तस्बिरः एएफपी ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC