site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपा फेरि एक होला त ?

संसद् विघटनपछि अनौपचारिक रूपमा फाटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) के फेरि जुट्ने सम्भावना छ ? यो सबैको चासोको विषय देखिन्छ । नेकपाको पुनः एकताको सम्भावना देख्नेहरूको दुईवटा तर्क देखिन्छ ।

पहिलो- नेकपा औपचारिक रुपमा फुटेको छैन । नेताहरूको मन मात्र फाटेको हो । जस्तो अवस्था उत्पन्न भएको छ त्यो सैद्धान्तिक पनि हैन । भागबन्डाको हिसाबकिताब नमिल्दा देखिएको यो तिक्तता भाग मिलेमा मधुर पनि त हुन सक्छ । 

ओलीले धेरै ठाँउमा प्रस्ट भनेका पनि छन्- संसद् विघटन गरेर उनले देखाइदिएका मात्र हुन् । माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले खटाएको भाग स्वीकार गर्ने हो भने सँगै बाँडीचुँडी खाएर बस्न सकिने सम्भावना जस्ताको तस्तै छ । नेपाल, दाहालको भनाइ पनि यसभन्दा फरक छैन । उनीहरूले मागे जति पाए सँगै बस्न कुनै कठिन छैन भनेकै छन् । राजनीतिक मामिलाका जानकारहरूले प्रस्ट बुझेका छन्- अहिले दुवैले आफ्नो शक्तिको चरम दुरुपयोग गरेर भागबन्डाको मोलतोल गरिरहेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल-दाहाल समूहले एकता महाधिवेशनसम्म मिलेरै सबै पार्टी तथा सरकारको काम कारबाही अगाडि लाने सहमति त्यागी पार्टीबाट हुर्मत लिने किसिमले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावदेखि राष्ट्रपतिसमेतलाई महाभियोग लगाउने प्रपञ्चगरेको आरोप ओली समूहले लगाएको छ । सत्य हो भने यो पार्टीमा प्राविधिक रूपमा बनेको उनीहरूको बहुमतको चरम दुरुपयोग हो । 

नेपाल-दाहाल समूहको यो प्रपञ्च रोक्न प्रधानमन्त्री ओलीले पार्टीपंक्ति र संसद्को सामना नगरी संविधानमै नभएको प्रधानमन्त्रीको विशेषाधिकारका नाममा संसद् विघटन गरिदिए । यो पनि निहित स्वार्थ रक्षाका लागिअपनाइएको उपाय मात्र थियो । 
प्रधानमन्त्री ओलीले आफू बस्न नपाउने भए कुर्सी नै भाँचिदिने त पहिल्यै भनेकै थिए र भाँचे पनि । यो ओली पक्षको सत्ता र शक्तिको चरम दुरुपयोग थियो । 

Global Ime bank

यी सबै घटनाक्रम पार्टी फुटाउनभन्दा पनि एकले अर्कोलाई तर्साएर, थर्काएर पार्टीमा आफ्नो वर्चस्व कायम गर्न गराइएको थियो र छ पनि । यसको प्रमाण उनीहरूले अहिलेसम्म पार्टी फुटेको दाबी निर्वाचन आयोगमा नगर्नु पनि हो । दुवै पक्षले एकले अर्कोलाई पार्टी फुटाएको आरोप लगाउन ‘पर्ख र हेर’को रणनीतिमा देखिन्छन् । 

नेकपाको दुवै पक्षले प्रस्ट बुझेका छन्- यो हालतमा जनताबीच कुन मुख लिएर जानु ? त्यसमा पनि चुनावमा जाँदा ‘चोक्टा खान जाँदा झोलमा डुबेर मर्ने’ भनेजस्तै हुनसक्छ । छदाखाँदाको दुईतिहाइनजिकको सत्ताको यो रजगज छोड्नुभन्दा फेरि भागबन्डाको सहमति गर्न नै सजिलो हुनेछ । 

दोस्रो, चीनको जोडबल । मैले नेकपाका दुवै पक्षका केही केन्द्रीय नेतासँग यसबीच अनौपचारिक कुरा पनि गरिरहेको छु । उनीहरू चीनको हस्तक्षेपले छिटै नै यो पार्टी विभाजनलाई जोगाउनेमा विश्वस्त देखिन्छन् । हुन पनि चीन कुनै हालतमा पनि नेकपा विभाजित नहोस् र संसद्को बनोट पनि यस्तै रहोस् भन्ने नै चाहन्छजस्तो घटनाक्रमहरूबाट देखिएकै छ ।

चीनबाट औपचारिक तथा अनौपचारिक, हवाईमार्गदेखि सडकमार्गसम्मबाट जसरी एकपछि अर्को समूह नेपाल ओइरिरहेका छन् यसबाट पनि प्रस्ट हुन्छ चीन नेकपाको एकतासँगै विद्यमान संसद्को यही बनोट जोगाउन चाहन्छ । 

चीन नेपालमा राजनीतिक परिचालनका लागि एक बलियो र विश्वासिलो शक्तिको खोजीमै थियो र आज पनि छ । नेकपाको यो राजनीतिक वर्चस्वपछि नेकपालाई त्यस्तै शक्तिका रुपमा छानेको थियो । नेकपाभित्र पनि चीनले दाहाल पक्षसँग नजिक र भरपर्दो सहकार्यमा जोड दिइरहेको बताइन्छ । 

यसबीच चीनले पक्कै पनि ओलीलाई राजीनामा दिन र दाहाललाई सत्ता हस्तान्तरण गर्न कूटनीतिक दबाब दिएको र त्यसैको प्रतिक्रियामा संसद्को यो बनोट नरुचाउने शक्तिले प्रधानमन्त्रीलाई उपयोग गरेको विश्वास गर्नेहरूको संख्या सानो छैन ।

नेपालको राजनीतिमा आन्तरिकभन्दा बाहिरी शक्तिको भूमिका प्रभावकारी रहने गरेको मानिन्छ । त्यसमा पनि नेकपाको एकतामा समेत चीनको बलियो सहयोग र प्रभाव थियो भन्ने सबैलाई थाहै छ । यस परिप्रेक्ष्यमा चीनले आफ्नो पूर्ण शक्ति, नेकपाको फाटो रोक्न लगाउनु आश्चर्य होइन । 

नेकपाको यो फाटो अझ फराकिलो हुनेछ भन्नेहरू भने माथिका तर्कमा सहमत देखिँदैनन् । यो फुट औपचारिक रूपमा नदेखिए पनि उनीहरूले एक-अर्कामाथि लगाएको आरोपले अब जुट्नै नसक्ने अवस्थामा पुगेको र दुई समूह पुनः सँगै बस्न सक्ने अवस्था मेटिएको मान्छन् ।

अर्कोतिर कम्युनिस्टहरूको फुट्न, आरोप लगाउन, कटु वचन बोल्न मात्र होइन एकले अर्कोलाई भौतिक रूपमै सिध्याउने षड्यन्त्रसमेत गर्दा पनि स्वार्थ पूरा हुने अवस्थामा देश र जनताको नाममा अँगालो हाल्न लाज नमान्ने गरेको इतिहास साक्षी छ । अहिलेजस्तो कटुता हिजो एकता हुनुपूर्व पनि थियो र अहिले हुदाँ पनि भोलि मिल्न यसले केही फरक पार्दैन । यसकारण पनि पुनः एकताको सम्भावना देखिन्छ ।

चीनले नेकपालाई एक राख्न सम्भव सबै उपाय प्रयोग गर्ने संकेत देखिएका सन्दर्भमा त्यसका लागि समय दिन निर्वाचन आयोग र सर्वोच्च अदालतमा समेत ढिलाइ हुनसक्ने देखिन्छ । समय परिपक्‍व भएसँगै अन्ततः सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न सक्छ । 

यसरी पुनःस्थापना भए संविधानको अस्मिता पनि बाँच्‍ने, विपक्षीहरूको मागको सम्बोधन हुने र अन्ततः नेकपाको फाटो टालिने अवस्था आउने देखिन्छ । आउँदो वैशाखमा प्रतिनिधिसभाको चुनाव भएर हैन नेकपाको पुनः एकतासहितको संसद् स्थापना हुने सम्भावना नै बलियो देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC