site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संविधानका पाना गायब पारियो, थप खुलासा हुँदै छ : महन्थ ठाकुर 
Ghorahi CementGhorahi Cement

काठमाडौं । दोस्रो संविधानसभाबाट संविधान जारी हुँदै गर्दा मधेसकेन्द्रित राजनीतिक दलहरु संविधानको प्रति जलाएर आन्दोलन गर्दै थिए । राष्ट्रियताको सवाल आएपछि फरक मतसहित निर्वाचनमा भाग लिएका राजपा र समाजवादी पार्टी भारतले नेपाली भूमिमा सडक बनाएपछि गरिएको नक्सा संशोधनमा त्यही संविधानको समर्थक भए ।

अहिले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर जनता समाजवादी पार्टी (जसपा) बनेको छ । ‘अहिले पनि संविधानमा कमी–कमजोरी छन् र त्यसलाई सुधार नगरे संविधान आम जनताको हुन सक्दैन’ भन्दै आएको जसपाले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि संविधान गलत बनाएका कारण आएको असफलताका रूपमा अर्थ्याउने प्रयास गरिरहेको छ । अहिले अदालतमाथि विश्वास राख्नुपर्ने र त्यसको फैसलालाई सबैले मान्नुपर्ने मत राख्दै आएको छ ।

अदालतमाथि विश्वास राखौँ : संविधानका पाना गायब पारियो
जसपा अध्यक्ष महन्थ ठाकुर संविधानमा कमजोरी राखेकै कारण यो परिस्थिति आएको भन्दै अब अदालतबाहेक कसैले पनि विकल्प दिन नसक्ने बताउँछन् ।

Agni Group

“लोकतन्त्रमा संस्थाहरुको विशेष महत्व हुन्छ, कार्यकारीका निर्णय सच्याउने वा अनुमोदन गर्ने अदालतले नै हो,” अध्यक्ष ठाकुरले प्रश्न गरे, “लोकतन्त्रमा अदालत पनि सकियो भने के बाँकी रहन्छ ?,” उनले सहमति गायब बनाएर संविधान जारी गरिएको भन्दै अहिले त्यो संविधानका पाना गायब गरेर नयाँ कदम चालिएको बताए ।

अर्जुन प्रतिज्ञामा नफस्नुस्
“अदालत गएपछि खुल्दै छ, संविधानका पाना नै गायब पारिएको रहेछ । अझै के के गरिएको छ, त्यो पनि खुल्दै जाला,” ठाकुरले भने, “प्रधानमन्त्रीको निर्णय संविधानमा टेकेर नआएको पनि खुल्यो, अदालतबाट डकुमेन्ट गायब बनाएको पनि आयो । हेर्दै जानुस्, अझै के के आउँदै छ ।” उनले घटनाक्रमले जटिल परिस्थिति आएको भन्दै आन्दोलनमा रहेका नेता र पार्टीहरुलाई पनि अर्जुन प्रतिज्ञामा नफस्न आग्रह गर्दै महाभारतको प्रसंंग सुनाए ।

Global Ime bank

“सिन्धुसम्राट जयद्रथका कारण पुत्र अभिमन्यु मारिएपछि अर्जुनले भोलि सूर्य अस्त हुनुअघि जयद्रथलाई मार्न सकिनँ भने अग्निसमाधि लिन्छु भनेर प्रतिज्ञा गरे, भोलिपल्ट नै खग्रास ग्रहणका कारण चाडै सूर्य अस्त भयो । अर्जुन हतियार फालेर अग्निसमाधि लिने अवस्थामा पुगे,” ठाकुरले थपे, “तर, अर्जुनको औचित्य बाँकी नै थियो । सारथि श्रीकृष्ण भएका कारण ग्रहण हट्यो र कृष्णकै परामर्शमा अर्जुनले जयद्रथको शिर छेदन गरी उनकै बाबुको हातमा पुर्‍याइदिए । जयद्रथको जसले हत्या गर्छ, उसको सय टुक्रा भएर मृत्यु हुने वरदान पाएका थिए । कृष्ण नभएका भए अर्जुन जयद्रथलाई मारेर टुक्राटुक्रा भएर मर्ने वा मार्न नसकेर अग्निसमाधि लिने अवस्थामा पुग्दा कृष्णको चतुर्‍याइँले मात्र बाँचेका थिए । हाम्रा नेताहरु पनि त्यस्तै प्रतिज्ञा नगर्नुहोस्, आफ्नै प्रतिज्ञाले लोकतन्त्र सकिने अनि तपाइँ पनि सकिने अवस्था नआओस् ।” उनले त्यही कारण अदालतको विश्वास गर्न र आदेश मानेर जुनसुकै विकल्पका लागि तयार रहन आग्रहसमेत गरे ।

नेकपा फुटेकै छैन 
प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगमा नेकपा विवाद आएको भन्दै आयोगको फैसला नै नभएकाले अहिलेसम्म नेकपा एक रहेको उनको बुझाइ छ । त्यसैले प्रचण्ड–नेपालले सहकार्यका लागि राखेको प्रस्तावमा जसपाले समर्थन जनाउन सकेको छैन र एक्लै विरोधसभा गरिरहेको छ ।

“पहिला उहाँहरु फुटेको हो कि होइन निश्चित हुनुपर्‍योे । त्यसपछि हाम्रा मुद्दामा उहाँहरु सहमत हुनुभयो भने त्यसपछि मात्र सहकार्य हुन्छ,” ठाकुरले भने, “अदालतले ओलीको कदम सदर गरिदियो भने त वैशाखमा चुनाव हुन्छ, नगराए केपी ओलीले सत्ता छोड्नुपर्छ । हामी त चुनावमा जान्छाँै । त्यो बेला चुनाव बहिस्कार गर्ने अवस्थामा नेताहरु नपुग्नुहोला ।” उनले संविधान पनि नरहने, संस्था पनि नरहने र चुनाव पनि नहुने अवस्थाले अराजकता ल्याउने भन्दै त्यस्तो प्रतिज्ञा नगर्न आग्रह गरे ।

कांग्रेससँगको सहकार्यका लागि पनि सर्त
मधेसका मागमा केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले माग पूरा गर्छु भनेर झुटो आश्वासन मात्र दिएको भन्दै उनले अब त्यस्ता आश्वासनले सहकार्य नुहने बताए ।

“उहाँहरुले हामीलाई माग पूरा गर्छु भन्दै धेरैपटक चेक लेखेर दिनुभएको छ, अहिलेसम्मम चेक बाउन्स भएका छन् । त्यसैले प्रचण्डलाई त मैले अब क्यासमा मात्र कारोबार हुन्छ नै भनेको छु,” ठाकुरले भने, “कांग्रेसले पनि हाम्रो मुद्दामा सहमति जनाएर अघि बढ्ने स्पष्ट खाका ल्याएन भने उसँग पनि सहकार्य हुँदैन ।”
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC