site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रतिनिधि सभा विघटनको सिफारिसलाइ सही ठहर गर्न सरकारी पक्षले संसदीय परम्पराको दलिल दिनेगरेका छन् । संसदीय परम्परामा प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको स्वविवेकमा निर्भर हुन्छ भन्ने उनीहरूको तर्क हुनेगरेको छ । सामान्यतः सही हो कि जस्तो भान हुने यो तर्क दिनेहरूले संसदीय व्यवस्थामा संसद् विघटनसँगै मन्त्रिपरिषद् कामचलाउ हुने र मूलतः राजस्वमाथि भार पर्नेलगायत दीर्घकालीन प्रभावका निर्णय नगर्ने पनि प्रचलन रहेको भने लुकाउनेगरेका छन् । राज्यको साधनस्रोतको दुरुपयोग गरेर चुनावमा अनुचित प्रभाव पार्न नसकोस् भनेर नै निर्वाचनको घोषणापछि मन्त्रिपरिषद् कामचलाउ हुने परम्परा थालिएको हो । तर, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सरकारले भने अहिले नै यसको उल्लंघन गरिरहेको देखिएको छ । समायोजनको मापदण्डमा नपरेका तत्कालीन माओवादी लडाकुका माग सम्बोधन गर्ने नाममा चुनाव घोषणा भइसकेपछि कार्यदल गठन गर्ने निर्णय पनि निर्वाचन प्रभावित बनाउन राज्यको कोषको दुरुपयोग गर्ने प्रयास हो ।

हुनत, प्रधानमन्त्री केपी ओली र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि २०७८ वैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ भन्नेमा विश्वास भएजस्तो देखिँदैन । चुनाव गर्नैका लागि संसद् विघटन गरेका भए प्रधानमन्त्री ओली र उनको मन्त्रिपरिषद्का सदस्यहरूले पक्कै पनि कामचलाउ सरकारका मन्त्रीको जस्तै अभ्यास र आचरण गर्ने थिए । अहिले तत्कालीन माओवादी लडाकुका विषयमा कार्यदल बनाउनु एक दशकअघि नै  नेपालका लागि  संयुक्त राष्ट्र सङ्घीय मिसन ९अनमिन० को तत्त्वाधानमा टुंगो लागिसकेको लडाकु समायोजन प्रक्रिया बिउँताउने प्रयास हो । उतिबेला सबैले स्वीकार गरेको निश्चित मापदण्डका आधारमा प्रमाणीकरण हुन नसकेकाहरूलाई पैसा दिएर घर पठाइएको थियो । समायोजनमा जान योग्य र इच्छुक स्वीकृत मापदण्ड पूरा गर्ने लडाकुहरू नेपाली सेनामा समायोजितसमेत गरिएका छन् । यसैले अहिले  सरकारले यो विषय उठाउनुको मनसाय तत्कालीन माओवादी लडाकुलाई प्रभावित पारेर २०६४ मा जस्तै चुनावमा परिचालित गरी धाँधली गर्नु नै रहेको देखिन्छ ।

लडाकु समायोजनको विषय राज्यले राजनीतिक सहमतिका आधारमा अनमिनसमेतको रोहबरमा टुंगो लगाइसकेको हो । उनीहरूका नाममा राज्यको कोषबाट अर्बौं रुपियाँ खर्च भइसकेको छ । लडाकुहरूको शिविर व्यवस्थापनका नाममा थप अर्बौं  रुपियाँ भ्रष्टचार भएको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन छ । यो संवैधानिक निकायका पदाधिकारीले इमानसाथ कर्तव्य सम्पादन गरेका भए सम्भवतः अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरू झ्यालखानामा हुन्थे । यही मामिला धेरै गिजोलियो भने राज्यमाथि सेना समायोजनलगायतका विषयमा पनि पुनर्विचार गर्ने दबाब पर्नसक्छ । यसैले यो खाटो बसिसकेको घाउ कोट्याउनु कसैका लागि पनि हितकर हुँदैन । त्यसमा पनि चुनावी सरकारले त झन् यस्तो विषय उच्चारण गर्नु नै आपत्तिजनक हो । चुनाव प्रभावित पार्न राज्यकोषको दुरूपयोग गर्ने सरकारका यस्ता प्रयत्नमा नागरिक समाज र विपक्षी राजनीतिक दलहरूले पनि पनि गम्भीर चासो राख्नुपर्छ । सरकारले अहिले गरेका गलत निर्णयहरू प्रतिनिधि सभा पुनःस्थापना भए उल्ट्याउने अठोट विपक्षले स्पष्ट शब्दमा घोषणा गर्नु आवश्यक र वाञ्छनीय छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC