site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जर्मनीमा लश्चेत मर्केलको ‘उत्तराधिकारी’ चयन
Sarbottam CementSarbottam Cement

बर्लिन । जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू)ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ ।

लश्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ । लश्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिलाविज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका हुन् ।

सीडीयू अध्यक्षले परम्परागतरूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

Global Ime bank

व्यावहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लश्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाको नेता हुन् ।

उनलाई मर्केलका एक वफादार अनुयायीका रूपमा मानिन्छ । सन् २०१५ मा जर्मनीले सिरियालगायत अन्य मुलुकबाट आएका सयौँ हजारौँ आप्रवासीहरूको लागि सिमाना खुला गर्दा मर्केललाई साथ दिने उनी एक इमानदार नेताका रूपमा चिनिन्छन् ।

आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उनलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ ।

सीडीयूको नेतृत्व गर्ने अभियानको क्रममा उनले आफूलाई मर्केलले निरन्तरता दिने उम्मेदवारको रूपमा उभ्याउँदै स्टर्न पत्रिकासँग ‘मर्केलसँग विभाजित हुनुले जर्मनीबारे विश्वलाई एउटा गलत सन्देश पठाइने’ बताएका थिए । रासस/एएफपी
तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC