site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२०२० सकिएसँगै पृथ्वीको सबैभन्दा गर्मी दशकको पनि अन्त्य !
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकदम कम अन्तरले सन् २०२० पृथ्वीको सबैभन्दा गर्मी वर्ष बन्न पुगेको नासाले जनाएको छ । यो वर्षमा मानव समुदायले थुप्रै किसिमका जलवायु संकट : अधिकतम तापक्रम, धेरै संख्यामा हावाहुरी, आँधीबेरीलगायत प्राकृतिक प्रकोप अनि अप्रत्याशित वन डढेलोको सामना गर्नुपरेको हो ।

नासाका अनुसार विश्वव्यापी रुपमा जमिन अनि समुद्रको तापमान अध्ययन गर्दा २०२० मा, मापन गर्न थालिएदेखिकै उच्च तथ्यांक संकलित भएको हो । जसले २०१६ का सबै रेकर्ड तोडेको छ । यसरी विश्वका सात सबैभन्दा गर्मी वर्ष २०१४ पछिका भएकाले पनि सन् २००० को दशकलाई पृथ्वीको सबैभन्दा तातो दशक भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैज्ञानिकहरुले यसका लागि धुवाँ फाल्ने इन्धन, वन फँडानीलगायत मानव क्रियाकलापलाई जिम्मेवार ठहर्‍याएका छन् । यसरी मानिसले दैनिक ठूलो मात्रामा फाल्ने गरेको ग्रिन हाउस ग्यासले आगामी वर्षहरुमा वातावरणलाई झन् अप्रत्याशित बनाउँदै लैजाने र तापक्रम लगातार वृद्धि भइरहने पनि उनीहरुले चेतावनी दिएका हुन् ।

२०२० मा महामारीका कारण जारी लकडाउनले विश्वव्यापी ग्रिन हाउस ग्यासको उत्सर्जन ७ प्रतिशतले घटाए पनि बढ्दो तापमानलाई प्रभावित गर्न पर्याप्त नभएको बताइएको छ । २०२० को तापमान पूर्वऔद्योगिक युगमाभन्दा बढी हुनु वास्तवमै चिन्ताको विषय भएको पनि विश्वविद्हरुले बताएका छन् ।

Global Ime bank

वातावरण आवश्यकताभन्दा बढी तातो हुँदा त्यसले हिमनदीहरु पगाल्ने गर्छ । जसपछि समुद्री सतह बढ्छ अनि परिणमा स्वरुप हामीले अझ विनाशकारी र भयानक प्राकृतिक प्रकोपहरुको सामना गर्नुपर्ने हुन्छ । गत वर्ष अमेरिकामा मात्र धेरै संख्यामा आएको आँधीहुरीले अर्बौं डलरको नोक्सानी गराएको थियो भने सयौं मानिसले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै, अस्ट्रेलिया अनि अमेरिकामा उच्च तापमानका कारण महिनौं लागेको वन डढेलोले पनि धेरै ठूलो क्षेत्रमा नोक्सान पुर्‍याएको छ र जीवजन्तुसहित मान्छेको समेत ज्यान लियो ।

यस्ता घटना हुन नदिनकै लागि अन्तर्राष्ट्रिय रुपमा पेरिस जलवायु सम्झौता स्थापित गरिएको छ । जसमा सहभागी मुलुकले विश्व तापमानलाई १.५ डिग्रीभन्दा बढ्न नदिने प्रतिबद्धता जनाएका छन् ।

तर, यत्तिका वर्ष बितिसक्दा पनि यस विषयमा कुनै उल्लेखनीय प्रगति गर्न नसकिएको रिसर्चहरुले देखाउँछ । यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुएटेरेसले पृथ्वी विस्तारै ३.५ डिग्रीको विनाशकारी तापमान वृद्धितर्फ अघि बढिरहेकाले २१औं शताब्दीको मुख्य लक्ष्य भनेकै प्रकृतिसँग शान्ति बनाइराख्ने रहेको बताएका थिए । उनले पृथ्वीका सबै ठाउँमा सबै मानिसहरुले वातावरण सुरक्षाको विषयलाई शीर्ष प्राथमिकतामा राख्न जरुरी रहेकोसमेत बताएका हुन् । 
-द गार्जियनबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC