site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित
Ghorahi CementGhorahi Cement

कम्पाला । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणामअनुसार मुसेभेनीले खसेको कुल मतसंख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेको शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको एक कार्यक्रममा औपचारिक घोषणा गरे ।

Agni Group

नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका थिए ।

राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३.२४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Global Ime bank

सन् १९८६ देखि युगान्डाको सत्तामा रहँदै आएका मुसेभेनीको जितले उनको शासनलाई अर्को पाँच वर्षका लागि वैधानिकता दिएको छ । रासस/सिन्ह्वा
तस्बिरः रोयटर्स् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC