site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सय रुपैयाँमा साइन्स
Sarbottam CementSarbottam Cement

काठमाडौं। समता शिक्षा निकेतनले यसवर्षदेखि रु. सय मै दश जोड दुईतर्फ विज्ञान संकाय सञ्चालनमा ल्याएको छ । सय मै नर्शरीदेखि स्नातकोत्तर तहसम्म पठनपाठन गर्दै आएको समताले यस पटकबाट उच्च माध्यामिकतर्फमा विज्ञान संकाय सुरु गरेको हो ।

निजी शिक्षण संस्थाले विज्ञान संकायमा चर्को शुल्क असुलेकाले समताले न्यून शुल्कमा विज्ञान विषय पठनपाठन सुरु गरेको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जोरपाटीस्थित अरब बैंकमा रहेको समताको दश जोड दुई पठन पाठन हुने भवनमै विज्ञान संकाय पठनपाठन हुने उनको भनाइ छ ।

“यस पटक हामीले तीन सय विद्यार्थी भर्ना लिन्छौँ,” सञ्जेलले बाह्रखरीसँग भने, “ग्रामीण भेगबाट राम्रो ग्रेड ल्याएर उत्तीर्ण भएका विद्यार्थी पैसा नभएकै कारण साइन्स पढ्न नपाउने अवस्था नबनोस् भनेर हामीले यस वर्ष देखि फ्याकल्टी थपेका हौं ।”

Global Ime bank

अत्यधुनिक ल्याव सुविधासहित न्यून शुल्कमा विद्यार्थीलाई स्तरीय सेवा पुर्याउन समताले कुनै कसर बाँकी नराख्ने सञ्जेले बताए ।

विज्ञान संकायमा कक्षा ११ मा भर्ना हुन पनि एकसय ५० भर्ना शुल्क र एक सय मासिक शुल्क बुझाए पुग्ने उनको भनाइ छ ।

कलेजले विज्ञान संकायका लागि प्रवेश परीक्षा असार २६ गतेका लागि तय गरेको सञ्जेलले बताए । समता शिक्षा निकेतनबाट यस वर्ष प्रवेशिका परीक्षा दिएका ८ सय ७५ विद्यार्थीमध्ये १ सय ६ जना ए प्लस, ४ सय ३३ जना ए, २ सय १६ जना बी प्लस, १ सय ३ जना बी र ७ जना सी ग्रेडमा उत्तीर्ण भएको सञ्जेलले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७३  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC