site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सर्वोच्च अदालतमा प्रमाणका रूपमा बुझाइएको लिखत सरकारले  फिर्ता लिएर सच्याएर बुझाएको समाचारले सबैलाई स्तब्ध बनाएको हुनुपर्छ । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको मिसिलमा सामेल मुख्यसचिवले दस्तखत गरेको र राष्ट्रपति कार्यालयमा पठाइएको विघटनको सक्कल सिफारिस बदलिएको दाबी शुकवार संवैधानिक इजलासमै एक जना अधिवक्ताले गरेका छन् । उनका अनुसार अदालतबाट उनले पहिले लिएको लिखतको प्रतिलिपि र अहिले रहेको लिखत फरक हो । पहिलेको सिफारिसमा प्रतिनिधि सभा भंग गर्नुपर्ने कारणमा संविधानको धारा खुलाइएको थिएन भने अहिले मिसिलमा भेटिएको कागजमा धारा उल्लेख गरिएको छ । यसैगरी पहिले प्रतिलिपि लिइएको सिफारिसमा मुख्य सचिवले हस्ताक्षर गरेका थिए भने साँटिएको भनिएको सिफारिसपत्रमा प्रधानमन्त्रीले दस्तखत गरेका छन् ।
 
देशको प्रतिनिधि सभा भंग गरिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलेको छ ।  मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसमेत विपक्षी बनाइएका छन् । सिंगो मुलुकको ध्यान मुद्दामा केन्द्रित छ । मुद्दामा हुने निर्णय राष्ट्रकै भविष्यमा प्रभाव पार्ने अनुमान गरिएको छ । यस्तो गम्भीर र महत्त्वपूर्ण मुद्दाको सर्वोच्च अदालतमा रहेको मिसिलमा प्रमाणका रूपमा बुझाइएको लिखत यसरी फेरिएको हो भने यो डरलाग्दो जालसाजी हो । यसैले अधिवक्ताको दाबी पत्याउन कठिन हुन्छ तर प्रधान न्यायाधीशले नै मिसिल पठाइएको स्वीकार गरेको समाचार सार्वजनिक भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदकहरूले पनि मुद्दामा प्रमाणका रूपमा रहेका कागज सरकारले फिर्ता लिएर थपघट गरेको जिकिर मुद्दाको सुनवाइ भइरहेको इजलासमै जिकिर गरेका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासले नै हेर्ने निर्णय शुकवार सर्वोच्च अदालतबाट भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्मेर राणाको एकल इजलासले यस मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । परन्तु, मुद्दामा सुनुवाइ सुरू भएपछि प्रतिनिधि सभा विघटनका विपक्षमा बहस गर्ने कानुन व्यवसायीहरूले मुद्दा सर्वोच्च अदालतको बृहत् पूर्णइजलासबाट हेरिनुपर्ने माग गरेका थिए । सरकारी पक्षले भने संवैधानिक इजलासबाटै मुद्दा हेरिनुपर्ने जिकिर गरेको थियो । अर्थात्, सरकारी पक्षको मागअनुसारै अदालतले निर्णय गरेको देखियो । यस्तो अवस्थामा सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने निर्णयलाई स्वतन्त्र र निष्पक्ष मान्न जनमानस तयार नहुन सक्छ । भन्छन् - “न्याय गरेरमात्र हुँदैन परेको देखिन पनि पर्छ ।” यसैले न्यायाधीशहरू र प्रधानमन्त्री भेटको खण्डन गरेर सर्वोच्च अदालतले स्थिति स्पष्ट पार्न खोजेजस्तै लिखत फेरिएको विषयमा पनि जनमानसमा रहेको सन्देह मेटाउनुपर्छ । जनसाधारणमा अदालत र शासन प्रणालीप्रति आक्रोश र अनास्था बढ्यो भने निकै महँगो पर्नसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC