विदेश
काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड १८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड १८ लाख १६ हजार ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ लाख ९ हजार ८६५ संक्रमित थपिएका छन् । सोही अवधीमा १५ हजार ४०७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ८६ हजार ८७१ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ ११:५०
प्रतिक्रिया दिनुहोस्