खेल
काठमाडौं । विभागीय टोली एपीएफका आशिफ शेखले प्रदेश १ विरुद्ध अर्धशतक बनाएका छन् । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा उनले अर्धशतक पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफका लागि ओपनिङमा आएका आशिफले ३२ बल खेलेर ६ चौका ५ छक्कासहित ६९ रन बनाए ।
आशिफ नवौं ओभरमा सोनु मण्डलले फालेको पाँचौं बलमा फिर्दोस अनसारीको हातबाट क्याच आउट भए ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ १०:२७
प्रतिक्रिया दिनुहोस्