site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अर्पणा पोखरलेका दुई गजल
Sarbottam CementSarbottam Cement

गजल – १ 

तपाईं भन्नुहुन्छ सम्बन्ध त अजम्बरी जोडिनुपर्छ । 
कसरी बिर्सिउँ हरेक मुनाले मदनसँग बिछोडिनुपर्छ ।

उचाइमा पुगेर धरातल नबिर्सनुस् न महोदय, 
चिललाई आहारा खोज्न पनि जमिनमै ओर्लिनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मात्र कसैको पहिचानको दिवाना बन्नेहरू, 
अहंकारसाथ भन्छन् प्रेम त मनले गरिनुपर्छ । 

आकाशले माथि छु भनेर जति नै घमण्ड गरे पनि 
सत्यता ऊ स्वयं रुँदा त धर्तीमै बर्सिनुपर्छ ।

Global Ime bank

० ० ०

गजल – २    

बाँच्नैपर्छ गहु्रङ्गो यो, जिन्दगानी बोकेर । 
मर्दा कसले लगेको छ, आम्दानी बोकेर । 

मलाई मेलम्चीको आश्वासन नदिनुहोस् मन्त्रीज्यू 
म आफैं बाँचेकी छु आँखामा, पानी बोकेर । 

एक मुरी सपना एक आहाल आँसुसँगै
विदेशिएको छ ऊ साथमा, राहादानी बोकेर ।

खुसी त त्यही दिन सकियो जब सम्बन्ध टुट्यो 
बाँचेकी छु त केवल तिम्रो मेरो, कहानी बोकेर ।

घोडा चढी आउने राजकुमारको सपना छैन
किनकि राजै पराइ भए अर्की रानी बोकेर ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC