site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिमी र तिमी 
Sarbottam CementSarbottam Cement

तिमी र तिमी 

तिमी को हौ ? 
जो छौ, त्यही हौ 
तर, त्यस्तै किन देखिदैनौं
तिमी र तिमीमै फरक छ 
हेरिने तिमी र भित्रको तिमी ।

अनुहारको तिमी 
आफूभित्रैको तिमी 
भावको तिमी 
सारको तिमी 
सबैमा फरक 
एउटा मात्रै तिमी छैनौं ।।

Prabhu Bank
Agni Group
NIC Asia

के तिमी जो छौं 
त्यसमा विश्वास लाग्दैन 
या, दुनियाँले त्यो मान्दैन 
कि, तिम्रो मनैले ठान्दैन 
त्यसैले तिमी
मात्र तिमी बन्न सक्दैनौ ।।

अरुले देख्ने तिमी 
आफूलाई हेराउने तिमी 
यसैमा पनि फरक 
अरु त अरु 
आफ्नै तस्बिरमा पनि 
त्यही हुन चाहन्नौ 
जे तिमी छौ र हौ ।। 

Global Ime bank

तिमी र तिमीबीचकै अन्तर 
तिमीले नै पत्ता लगाउनु परे 
भन्न सजिलो छैन 
तिमी को हौ र को देखिन्छौ 
तर, यत्ति भन्न सक्छौ 
तिमी जो हौ, त्यो होइनौ 
आफैंले, आफूलाई चिन्दैनौ 
भने, 
तिमी किन त्यो तिमी बन्छौ 
जो, तिमी होइनौ । 

कार्यकर्ता 
मलाई विवेकको कुरा नगर 
सही र गलत छुट्याउने 
मेरो काम होइन 
तथ्य के हुन् 
मलाई जान्नु छैन 
किनकि म कार्यकर्ता हुँ ।।

सिर्फ एउटा कुरा, मैले जान्ने गरेको छु 
नेता जे भन्छ, त्यसैलाई सत्य मान्ने गरेको छु 
तर्क र वितर्क सबै बेकार छन् 
अब नभन यो वा त्यो, मलाइ जान्नु छैन 
किनकि, म कार्यकर्ता हुँ ।।

स्वाभिमान त मैले, नेताको बाहुलीमा
किस्तीमा राखेर चढाइसकेको छु 
मेरा धारणा र विचार 
केही छैनन्, केही हैनन् 
किनकि म कार्यकर्ता हुँ ।।

न मेरा नेताले, यो मान्छन् 
न मैले आफैंले ठान्नु 
कि, ममा पनि विवेक छ 
मलाई योग्य मानिस बन्नु छ 
मैरै त्रिनेत्र नेताको कुरा सुन्नु छ 
किनकि, म कार्यकर्ता हुँ।।

अस्ति बिहान अबेरतिर 
मेरो परम् पुज्य नेतालाई 
ढोग्न गए, प्रमाणमा गरे 
मेरा भगवान्‌ले भने 
यति राति किन आइस् 
मैलै भने, 
यो सूर्य पनि कस्तो हजुर 
झुक्याएछ मलाई 
अहिले यस्तो रातिमा उदाएर 
मलाई किन बढी जान्ने हुनु 
किनकि, म कार्यकर्ता हुँ ।। 

मलाई मेरो ज्ञानमा 
सत्य र तथ्यमा विश्वासै लाग्दैन 
यी, सबै फगत् सिद्धान्त मात्र हुन् 
कुरा एउटै मात्र छ, त्यो के भने 
मेरो नेता जो छ, त्यो नै संसार हो 
मेरो विवेक पनि त्यही हो
मेरो भगवान् पनि त्यही हो 
म आराधना गर्छु, गरिरहन्छु 
किनकि, कार्यकर्ता हुँ ।। 
@nayfarinp
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC