site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार 
Sarbottam CementSarbottam Cement

बीबीसी । उत्तर कोरियाले नयाँ प्रकारको ‘सब–मरिन ब्यालेस्टिक मिसाइल’ सार्वजानिक गरेको छ । जसलाई त्यहाँको राष्ट्रिय सञ्चारमाध्यम ‘केसीएनए’ले विश्वकै सबैभन्दा शक्तिशाली हतियार भनेर व्याख्या गरेको हो ।

केसीएनएको रिपोर्टअनुसार बिहीबारको सैन्य परेडअन्तर्गत् किम जोङ उनको निरीक्षणमा विभिन्न किसिमका ठूला मिसाइलहरु प्रदर्शन गरिएको छ । यसरी जो बाइडेनको ह्वाइट हाउस प्रवेश नजिकिनै लागेका बेलामा उत्तर कोरियाले आफ्नो सैन्यशक्ति देखाएको हो । जसकारण यो परेड बाइडेन प्रशासनलाई उत्तर कोरियाको चेतावनी र सन्देश भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, नेता किमले सार्वजानिकरुपमा अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो दुश्मन र क्रान्तितर्फको अवरोध ठहर गरेका थिए । अमेरिकामा जोसुकै सत्तामा आए पनि यसको असली प्रकृति र नीतिहरु उत्तर कोरियाको विरुद्धमा नै हुने गरेको समेत उनले बताएका हुन् ।

उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेका नयाँ तस्बिरहरुमा कम्तीमा पनि चारवटा ठूला मिसाइलहरु सेनाको भिडबाट लैजाँदै गरेको देख्न सकिन्छ । विश्वविद्हरुका अनुसार ती हतियारहरु यसअघि उत्तर कोरियामा कहिल्यै देखा परेका थिएनन् । छालाको कोट र अनौठो टोपी लगाएर उपस्थित भएका किम तस्बिरमा ठूलो हाँसोका साथ हात हल्लाइरहेको र परेड अवलोकन गरिरहेको देखिएका छन् ।

Global Ime bank

तर, यसमा गत अक्टोबर सार्वजनिक गरिएको उत्तर कोरियाको सबैभन्दा ठूलो ‘इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल’चाहिँ प्रदर्शन गरिएको छैन । जुन अमेरिकासम्म पुग्न सक्ने विश्वास गरिएको छ । त्यसको विशाल आकारले पूरै अन्तर्राष्ट्रिय समुदायलाई आश्चर्यमा पारेको थियो ।

किमको नेतृत्वमा उत्तर कोरियाले सैन्यशक्ति सुधार र हतियार निर्माण कार्यमा तीव्र प्रगति गरिरहेको छ । जुन यसले सम्भावित अमेरिकी हमलाविरुद्ध आफूलाई सुरक्षित राख्न जरुरी भएको बताउने गरेको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC