site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीको विजयी सुरुवात, विनोदको शतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कप्तान विनोद भण्डारीको शतकमा आर्मीले सुखद सुरुवात गरेको हो ।

शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकीका लागि समिर कँडेलले अर्धशतकीय पारी खेले । त्यस्तै विपिन खत्री ३७ रनमा अविजित रहे । अर्जुन कुमारले ३६ र दीपक डुम्रेले २६ रन बनाए । विष्णु पाण्डेले १२ रन बनाए ।

बलिङतर्फ आर्मीका राजेश पुलामीले ५ विकेट लिए । यस्तै, भीम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले १-१ विकेट लिए ।

Global Ime bank

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो ।

आर्मीका लागि विनोद भण्डारीले शतकीय इनिङ्स खेले । विनोदले ९ चौका र ५ छक्काको मद्दतले १११ रन बनाए ।

यस्तै, राजु रिजालले ४५ रन बनाउदा लोकेश बलले ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । भीम सार्की १५, रोहित पौडेल १० र हरिकृष्ण झा १४ रनमा आउट भए ।

बलिङतर्फ गण्डकीका विपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए । दीपेश खत्री र चन्द्र पौडेलले एक-एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC