बाह्रखरी
Ncell inner sticky
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
थर्ड ह्‌विलद्वारा ई-प्लुटो र इट्रान्स नियो इलेक्ट्रिक स्कुटर बेच्‍न सुरु, २५ हजारसम्म छुट
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, माघ २, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । थर्ड ह्‌विलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत ती स्कुटर बिक्रीको सेवा सुरु गरेको हो ।

थर्ड ह्‌विलले विगत २ वर्षदेखि नै अनलाइन माध्यमबाट दुईपाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने तथा बाइक तथा स्कुटरहरुको एसेसेरिजहरुको बिक्रीलगायत सेवा दिँदै आएको थियो । थर्ड ह्‌विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा  इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्ममार्फत बिक्री-वितरण गर्ने कामको थालनी गरेको हो ।

Duber nepal

Agani Group

कम्पनीले भारतको प्योर कम्पनीका ई-प्लुटो र इट्रान्स नियो नामका दुई इलेक्ट्रिक स्कुटर बिक्रीमा राखेको छ । भारतीय ब्रान्डका यी स्कुटर किन्‍न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिसमै उपलब्ध हुनेछन् ।

ई प्लुटो ७ जी को मूल्य दुई लाख ४९ हजार कायम गरिएको छ । क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १२० किलोमिटर गुड्न सक्ने क्षमता राख्छ ।

तीन स्पिड मोड रहेका यी स्कुटर ६० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्‍ने छ भने एलईडी ड्यासबोर्ड दिइएको छ । यसले ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमिटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्‌विलले आफ्ना ग्राहकका हकमा एक वर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको छ ।

नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विशेषाता छन् । स्कुटरको मूल्य दुई लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

थर्ड ह्‌विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शून्य ब्याजदरमा किन्न सकिन्छ । स्कुटर किन्दा १० हजार रुपैयाँबराबरको एसेसेरिज निःशुल्क तथा १५ हजार रुपैयाँ क्यास ब्याक पनि दिइने बताइएको छ । कम्पनीले स्कुटरमा एक वर्षको निःशुल्क सर्भिसिङको सुविधा दिइएको छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, माघ २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्