खेल
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशका समिर कँडेलले अर्धशतक बनाएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध समिरले अर्धशतक पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याइरहेको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कँडेलले ८९ बलमा ५ चौकासहित ५० रन बनाएका हुन् ।
३५औं ओभरमा अर्धशतक बनाएका समिर सोही ओभरको चौथो बलमा राजेश पुलामी मगरको हातबाट क्याच आउट भए ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७ १६:३८
प्रतिक्रिया दिनुहोस्